धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय  बनाउन माग गरेको छ ।

महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा  विश्व विद्यालय वनाउन माग गरेको हो ।

महासंघका अध्यक्ष हरि थुलुङ र सचिव पशुपति राई(नुलाम) ले उक्त माग गर्दै ध्यानाकर्षण पत्र वुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यक्ति को एकमात्र माध्यमको रुपमा रहेको सिरीजंगा लिपीलाई सरकारले आधारभुत तहदेखि विश्व विद्यालय सम्म विकास हुने गरी आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रममा समावेश गर्न अनुरोध छ ।’
नेपालको संविधानको धारा ३१(५) वमोजिम सिरीजंगा पाठशाला तथा विश्वविद्यालय ( सिरीजंगा निसाम हिम) स्थापना र सन्चालन बारे आ.ब. भि विस्तृत संभ्याव्यता अध्ययन गर्न उच्च स्तरीय कार्यदल गर्न समेत माग गरिएको छ ।


सचिव (नुलाम) राईका अनुसार कोशी प्रदेशको जुनसुकै स्थानमा भएपनि सिरिजंगा पाठशाला र विश्विद्यालय वनाउन सकिने तर धरान नै उपयुक्त हुने वताए ।

त्यसका लागि मुख्यमन्त्री हाम्रो मागहरु प्रति सकारात्मक भएको भन्दै आगामी दिनमा वजेट सहित पहल गरिने प्रतिवद्धता गरेको सचिव राईले बताएका छन् ।

मुख्यमन्त्रीलाई वुझाएको ज्ञापन पत्रमा किराँतहरुको आस्थाको केन्द्र खुवालुङलाई संरक्षण ,आदिवासी जनजातीहरुको भाषा,धर्म संस्कृत संरक्षण,तराईमा वसोवास गर्ने थारु,धिमाल,राजवंशी,मेच,उराव,खवास लगायतको धार्मिक स्थललाई संरक्षण ,आदिवासी जनजातीको संस्कृति र सभ्यता संरक्षण गर्न महोत्सव , धरान स्थित किराँतीहरुको ऐतिहासिक विजयपुर दरवारलाई संरक्षण र व्यवस्थित गर्नको लागि पनि बजेट माग गरिएको छ ।

मुख्यमन्त्री कार्की हाम्रा माग प्रति सकारात्मक रहेको र आगामी आर्थिक वर्षमा वजेट तथा कार्यक्रम अन्र्तगत समावेश गरिने प्रतिवद्धता गरेको राईको भनाई छ ।1716200766081