धरान/ राष्ट्रिय किसान आयोगले किसानको हक, हित र अधिकार सुनिश्चताको लागि जनप्रतिनिधि, किसानका विभिन्न संघ संगठन लगायत सरकारावालासँग बहस कार्यक्रम चलाएको छ ।

इटहरी २० तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयमा आयोजित कार्यक्रमकौ उद्घाटन संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन् । 

किसान, कोशी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय किसान आयोगकी सदस्य मञ्जु धिमालले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रष्ट्याएकी थिइन् ।

  उनले कोशी प्रदेशभित्र रहेका कृषकको समस्या, यसको समस्या तथा तीन तहका सरकारले नीति बनाउन ख्याल गर्नुपर्ने विषयमा यो बहस कार्यक्रमले सहयोग पुग्ने बताइन् ।

सो अवसरमा आयोगका सदस्य कृषकका सामसमयिक विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले कृषकले वर्तमान अवस्थामा भोग्नुपरेको समस्या, कृषकको जीवनस्तर उकास्ने योजना, कृषकको आधुनिकरण,नेपालमा कृषि जन्य वस्तुको उत्पादन, आयात निर्यातको समस्या लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालमा ३२ लाख हेक्टर जमिनका खेति हुने गरे पनि १५ लाख हेक्टरमा मात्र सिचाइको व्यवस्था रहेको कार्यपत्रमा उल्लेख गरिएको थियो ।कार्यक्रममा कृषकहरुले कृषकको वर्तमान समस्या, अनुदान वास्तविक कृषकले नपाउने, राज्यबाट सहुलियत दरले उपलब्ध नगराईको लगायत विषयमा सम्बन्धित पक्ष समक्ष गुनासो पोखेका थिए ।

राज्यबाट नेपालको भूमिलाई प्रयोग गरी बढी भन्दा बढी कृषिजन्य सामाग्री उत्पादन गरेर भारत लगायत अन्य देशम निर्यात गर्नुपर्ने भएपनि कृषि प्रदान देश नेपाल भनिए पनि कृषिजन्य सामाग्री नै बाहिरी देशबाट निर्यात गर्नुपर्ने अवस्था रहेको प्रति कृषकहरुले सम्बन्धित पक्षसँग गुनासो गरेका थिए ।