बराहक्षेत्र वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ का लागि ९३ करोड ९३ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ ।

सोमवार नगरपालिकाले १४औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

सभामा नगर प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै ’समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरिएको छ । कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य प्रस्ट भएको छ ।

स्वास्थ्यलाई पहिलो प्रथामिकता दिईएको नीति तथा कार्यक्रममा नगर अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणकोलागि संघीय सरकारसंग पहल गरि ५० शैय्या क्षमताको अस्पतालको रुपमा स्तरोउन्नती गर्न संघीय सरकारसंग सार्थक पहल गरिने र मधुवन प्रथामिक स्वास्थ्य केन्द्रको स्तरोउन्नती गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

“स्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारी “ भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभुत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभुत सेवालाई घरदैलौमा पुर्याउने पहल गरिने , आर्थिक रुपमा बिपन्न परिबारलाइ निशुल्क एम्बुलेन्स र सव वहानको व्यवस्थापन गरिने छ ।

नसर्ने रोगको पहिचार तथा उपचारकालागि घुम्ति सिविर कार्यक्रम गरिनेछ । स्वास्थ्य शिबिर गरिने छ ।

“स्वस्थ्य शहर , कुपोषण रहित वराहक्षेत्र नगर “ अभियानलाइ सफल बनाउन ५ बर्ष मुनिला वालबालिकालागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर अस्पताल र चतरा अस्पतालमा रहेको प्रयोगशालालाई स्तरोन्नती गरि बिस्तारित सेवा सहित रोग निदानको सेवालाई बिस्तार गरिने त्यस्तै उक्त अस्पतालहरुमा बिशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिने कार्यलाई समेत नीति तथा कार्यक्रममा राखिएको छ ।

गर्भवती तथा सुत्केरी महिलाहरुको लागि एम्बुलेन्स खर्च बापत प्रदान हुँदै आएको सुत्केरी सुबिधालाई निरन्तरता दिईनेछ । 

स्वास्थ्य चौकीहरुमा रहेका प्रयोगशालाहरुको क्षमता बिकाश , बिद्यालय पुगेर बिद्यार्थीको आखा परिक्षण, जेष्ठ नागरिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने कार्यलाई निरन्तता दिईएको छ । स्वास्थ्य बिमालाई प्रभाबकारी बनाईने र आर्थिक रुपमा कमजोर परिबारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई नीति कार्यक्रमै राखिएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि,पशुपन्छी बिकाश, पर्यटन, पुर्वाधार तथा भौतिक बिकाश , सामाजिक बिकाश, सामाजिक सेवा एव् सुशासन प्रवर्द्बन , वन वातावरण भुमि तथा भु संरक्षण , युवा तथा खेलकुद बिकाश , खानेपानि तथा सरसफाइ , सहकारी , रोजगारी , सीप बिकाश लाई निति तथा कार्यक्रममा प्रथामिकता दिईएर छ ।

“शैक्षिक केन्द्रको सुधार , स्मार्ट नागरिको आधार “ भन्ने नाराको साथ नगरको शिक्षा प्रणालिको सुधार गर्दै अब्बल व्यवस्थापकीय कौशलता , शैक्षिक क्षमताको बिकाश , सामुदायिक एव् संस्थागत बिद्यालय बिचको भिन्नता अन्त्त , असल अभ्यासहरुको आदान प्रदान , नमुना बिद्यालयको नीति अबलम्बन कार्यमलाइ ल्याइने छ । “हामी र हाम्रो वराहक्षेत्र “ शिर्षकको स्थानीय पाठ्क्रम कक्षा १ देखि ८ सम्म कार्यान्वयन गरिनेछ ।

“संस्कार सहितको गुणस्तरीय शिक्षा , समाज परिवर्नको मुल आधर“ भन्ने आवधारणा मार्फत हाम्रो वराहक्षेत्र भन्ने भावना जागृत गर्दै शैक्षिक कार्यक्रम तयार गरिनेछ ।

बालबालिकालाई बिद्यालय पठाऔं र पढाईमा लगाऔं कार्यक्रम लागू गरि अभिभावक साक्षरता र सचेतना कार्यक्रम’ तय गरिएको छ ।

बिद्यालयलाई नतिजा र स्तरको आदारमा पोत्साहन र सहयोग , बिद्यालय सुधारकालागि अभिभाबकसंग अन्तर्क्रिरया , बिज्ञ सहितको अनुगमन , बिद्यालयलाई जंङ्ग फुट मुक्त बनाउने , बिद्यालहरुको भौतिक पुर्वाधार र सौन्दर्यीकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखिएको छ ।

बिद्यार्थीहरुलाई विभिन्न बिधामा पुरस्कार, प्रध्यानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय सुधार योजना निर्माण सम्बन्धी तालिम , उपचात्मक कक्षालाइ निरन्तरा दिईएको छ ।

बिद्यालयको अनुगमनलाई प्रभावकारी बनाई गुणस्तरीय शिक्षामा जोड दिईने छ ।

त्यस्तै कृषिमा कृषि एम्बुलेन्स संचालन ल्याई कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुलाई संक्लन गरि बजारीकरणको गर्ने प्रयास गरिनेछ ।

शित लहर , फलफुल उत्पादनलाई बुद्बि गर्ने , कोशी टप्पुको जमिनको सदुपयोग गर्ने “ कृषक र उद्यमी , वराहक्षेत्र नगरको साथी जस्ता कार्यक्रम निति तथा कार्यक्रममा राखिएको छ ।

साबिकका ५ बटा गाबिसलाई केन्द्रत गरेर १–१ जना ५ कृषि प्राबिधिक , प्राङ्गरिक खेति प्रबद्बन , स्थानिय उत्पादनलाइ ब्राण्डीङ्ग , कृषकलाई प्रशिक्षण , अनुभव साटासाट , सामुयिक किसिमको खेतिलाई पोत्साहन , कृषि बिमा कार्यक्रम , पौरखी किसानलाई सम्मान , शीत भण्डारलाई पुर्ण रुपले सञ्चालन लगाएका कार्यक्रम तय गरिएको छ ।

पशुपन्क्षि चिकित्सा सेवा व्यवस्थापन , कृतिक गर्भाधारण पोत्साहन निशुल्क गर्भाधारण सेवा सञ्चालन , भेटनरी अस्पताल निर्माण , पशुपन्छी महामारी जन्य रोगहरु फैलिएमा पशु सेवा बिज्ञको रेस्पोन्स टिम बनाईनेछ ।

नगरपालिकालागि पर्यटक पर्वद्बन गर्न धार्मिक तथा एैतिहासिक सम्पदाको संरक्षण , प्रवद्बन तथा प्रचार प्रसार गरि पर्यापर्यटनहरुलाई जोड दिईने छ ।

वराहक्षेत्र, धरान र इटहरीलाई धार्मिक सर्किटको रुपमा जोड दिईने छ । श्रीलंका टप्पुमा होम स्टे कार्यक्रम सञ्चालन गरिनेछ ।

कोशी किनार क्षेत्रमा पर्यकीय गतिबिधिलाई बढाउन सम्भाव्यता अध्ययन तथा पुर्वाधार बिकासकोलागि आवश्यक पहल गरिनेछ ।एैतिहासिक , पुरातात्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण सबर्द्बन , वराहक्षेत्र मन्दिर परिसरमा सञ्चालन होटललाई पर्यटन मैत्रि बनाउन आतिथ्यता सम्बन्धी तालिम ,  पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । पर्यकीय क्षेत्रको बिकाशमा चतरा स्थित कोशी किनारमा सन्ध्या आरति सुरु गरिनेछ ।

सहकारी संस्थाको अनुगमन , नियमनलाइ प्रभाबकारी बनाईनेछ । बजार अनुगमनलाई प्रभाबकारी बनाइने ।

अव्यवस्थित बसोबासी, सुकुम्वासी र भुमिहिन दलितलाई लालपुर्जा बितरण गर्न पहल गरिने छ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधान लगाएका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

नगरपालिकाबाट संचालित अधुरा तथा क्रमागत आयोजनलाई प्रथामिकता दिईनेछ । सहरी तथा ग्रामिण क्षेत्रमा सडक तथा यातायातको बहुँज बिस्तार गरिनेछ ।

नगरका सहरी क्षेत्रमा ६० तथा ४० प्रतिशत लागत साझेदारीमा सडक कालोपत्रे गर्न कार्य गरिनेछ ।

वराहक्षेत्र नगरपालिकामा राष्ट्रिय योजना भित्राउन पहल गरिनेछ । सभामा स्वास्थ्य , शिक्षा, कृषि , पर्यटन , भौतिक पुर्वाधार सहित सामाजिक विकाश सम्बन्धी , सार्वजनिक सेवा एमं सुशासन प्रवर्द्बन सम्बन्धि , पशुपन्छि बिकाश सम्बन्धी, सहकारी, बजार व्यवस्थापन , भौतिक बिकाश , राजश्ब परिचालन एवं स्रोत अभिबृद्बि संम्बन्धी , सामाजिक बिकास संम्बन्धी , सार्वजनिक सेवा एवं सुशासन प्रवर्द्बन सम्बन्धि , बन , वातावरण भुमि भुःसंरक्षण सम्बन्धि , युवा तथा खेलकुद बिकाश र खानेपानी तथा सरसफाई सम्बन्धी योजनाहरु नगर प्रमुख रमेश कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रम, उप–प्रमुखले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम , आर्थिक बिकाश समितिका संयोजक तेजबहादुर गुरुङ्गले सभामा पेश गरेको सम्बन्धी बिधेकमाथि मङलबारबाट छलफल गरिने छ ।

     यस्तो छ बजेट:

आर्थिक वर्ष ०८१/०८२ को लागि नगरपालिकाले आन्तरिक आय  ६ करोड ३५ लाख अनुमान गरेको छ ।

नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४५ करोड ४२ लाख सशर्त अनुदान र १९ करोड २ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको छ ।

सङ्घबाट हुने राजस्व वाडफाँडमा १६ करोड ५८ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै समपुरक अनुदान संघबाट १ करोड ५० लाख , प्रदेशबाट सशर्त अनुदान १ करोड ५२ लाख ५३ हजार, प्रदेश राजश्ब बाँडफाडँ १ करोड ८३ हजार , समपुरक अनुदान प्रदेशबाट १ करोड ३० लाख , बित्तिय समानिकरण अनुदार प्रदेशबाट १ करोड २२ लाख ६० हजारगरि कुल ९३ लाख ९३ लाख २ हजार आय अनुमान गरेको छ ।

चालु खर्च १५ करोड ५२ लाख , वडा कार्यालय ( पुँजिगत ) ७ करोड १५ लाख, पुँजीगत बजेट ( नगर तर्फ) १८ करोड ११ लाख ४३ हजार, सशर्त अनुदान (संघ) ४५ करोड ४२लाख, सशर्त अनुदान (प्रदेश) १ करोड ५२ लाख ५३ हजार, समपुरक अनुदान (प्रदेश ) १ करोड ३० लाख, समपुरक अनुदान (संघ) १ करोड ५० लाख , क्रमागत योजना भुक्तानी वडामा समेत गरि कुल ९३ लाख ९३ लाख २ हजार रहेको छउद्घाटन कार्यक्रममा वराहक्षेत्रका अग्रह साहित्कार मान बज्रचार्यलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै पत्रकार बाबुराम कार्की र प्रदिप चौशरी , नगर अस्पतालका चिकित्सक डाक्टर चिरन्जिवि बस्नेत , कराते खेडालि पवित्र मगर सहित जेष्ठनानगरिहरहरुलाई नगर सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

 नगरपालिकाका कर्मचारी गौरी राय र सीता बास्तोला लाई उत्कृष्ट कर्मचारीको रुपमा नगद र सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।

त्यस्तै कोशीका आधारभुतका प्रधानाध्यापक काशिनाथ वराल र राधाकृष्ण संस्कृत माध्यमिक बिद्यालय गुरुकुलका प्राचार्य जमुना दाहाललाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।

सभामा अतिथि रहेका कोशी प्रदेस सभाका सदस्यहरु ममता तामाङ, सदान्नद मण्डल , बिजय राई , सपना परियार , नगर प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल लगायतले सम्मान तथा पुरस्कृत गरेका थिए ।