धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा गोठमा बाँधिराखेको कोरलीको बाछी काटिएको छ।

गोठमा बाधिराखेकोकोरली बाछी चोरी गरेर आइतबार राती काटिएको हो। बाछी काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान–६ पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको कोरली बाछी चोरी गरी काट्ने धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विकलाई प्रहरीले पक्राउ गरेका  छ।

उनीहरुलाई प्रहरीले मासु सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले पुष्टि गरे।

डिएसपी राईले घटनाबारे अनुसन्धान भइरहेकोे भन्दै थप बताउन  चाहेनन्। घर भन्दा १०-१५ मिनेटको दुरीमा गाई गोठ रहेको र खाना खान घर गएको समयमा आइतबार बेलुकी गोठबाट बाछी हराएको पौडेलले बताइन्।

उनले भनिन् –‘हामी खाना खान गएको बेला बाछी चोरेर लगेछन्, पछि थाहा भयो नजिकै जंगलमा पुर्‍याएर काटे रे।

यस्तो अपराध गर्नेलाई हदैसम्मको कारवाही होस् ।’ गोठबाटै बाछी लगेर काटिएपछि पानबारीबासीले तत्काल नियन्त्रण गर्न स्थानीले  सहयोग गरेका छन्।