धरान/ धरानको खानेपानीको सवालकै कारण स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकाको मेयर बनेका हर्कराज राईले खानेपानीको महसुल वृद्धिको विषयमा धरानका १० राजनीतिक दलको मागलाई वेवास्ता गर्दै अटेरीपन देखाएका छन् । 

सामाजिक अभियान्ताको रुपमा रहेका बेला मेयर साम्पाङले धरानको खानेपानी समस्याको सवालमा निशुल्क खानेपानी खुवाउने भनेर धरानका चौक तथा गल्लीमा भाषण ठोकेर हिड्ने गरेका थिए ।

अन्ततः तिनै धराने जनताले राईलाई मेयर बनाए । धरान खानेपानीबोर्ड मार्फत धरानको खानेपानी महसुल भर्खरै मात्र वृद्धि गरिएपछि मेयर साम्पाङको चर्को आलोचना समेत हुन थालेको छ ।

तिलक राई मेयर हुदा खानेपानीको महसुल वृद्धि गरिएको भनेर उपमहानगरपालिका अघि नै गएर गेटमा होहल्ला गर्दै नाराबाजी गर्ने र मृल्यबृद्धि फिर्ताको माग गर्दै सडकमा उफ्रने तिनै राईले आज आफु मेयर भएपछि ती दिनहरु विर्सिएर गएको धरानवासीको भनाई छ ।

यता खानेपानीको महसुल बृद्धि गरिएको निर्णय तत्काल खारेजीको माग गर्दै धरानका १० वटा राजनीतिक दलहरुले पनि विरोध गरेका छन् । शुक्रबार खानेपानीको बोर्ड कार्यालयमा गएर ज्ञापन पत्र समेत वुझाएर ७२ घण्टे आन्दोलन गर्ने चेतावानी समेत दिए। चेतावानी दिएको समय मंगलबार सकियो ।

मेयरले अटेरी गरेपछि दलहरुले मंगलबार नै विज्ञप्ती जारी गरी आन्दोलनको घोषणा गरेका छन् ।     

समयसीमा सकिएपछि पनि मेयर राई टस न मस भएर सुनुवाई नगरी चुप लागेर बसेका छन्। ७२ घण्टाको समय सीमा सकिएपछि विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन।

बोर्डको स्वघोषित अध्यक्ष हर्क राज राईले आफ्नो एकल निर्णय बाट अवैज्ञानिक ढ्ङगबाट जनताको ढाड सेक्ने गरि खानेपानीको मुल्य बृद्धि घटाउन माग गर्दा वेवास्ता गरेको भन्दै साउन १७ गते बाट आन्दोलन गर्ने जनाएका छन्।

राजनीतिक दलहरुले हाललाईतीन बुँदे आन्दोलनसार्वजनिक गरेको छन्।

जस अनुसार साउन १७गते धरानकासंघसंस्था रसम्बन्धीतसरोकारवाला निकाय अन्तरक्रिया,साउन १८ गते धरानका २० वटै वडा कार्यलयमा वडा स्तरियबाट ध्यानकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख गरिएको ५। तर धर्ना कार्यक्रम कहाँ गर्ने उल्लेख गरिएको छैन।

विज्ञप्तीमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टीअध्य ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रियप्रजातन्त्र पार्टीस ंयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमा र तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन्।

धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि गत शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नग रे आन्दोलन सुरु गरिने १० दलले चेतावनी दिएको थियो तर अहिले सम्म मेयरले सुनुवाई गरेका छैनन्।


खानेपानीको मृल्यबृद्धि फिर्ता गर्न मेयरलाई आग्रह 

  धरान खानेपानी व्यवस्थापन बोर्डले अवैधानिक रूपमा अत्यधिक वृद्धि गरेको पानीको महसुल फिर्ता लिन बोर्डका अध्यक्ष, नगर प्रमुख हर्क साम्पाङलाई सुनसरी उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

सङ्घले विज्ञप्तिमा मार्फत महसुलबृद्धि फिर्ता गर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ,शुल्क वृद्धिले उपभोक्ताहरूलाई विद्यमान आर्थिक मन्दीको समयमा खानेपानी महसुल वृद्धिले आर्थिक भार थुपार्ने काम गरेको छ ।’

वृद्धि भएको महसुल दर मान्य नहुने उल्लेख गर्दै सङ्घले अविलम्ब वृद्धि गरिएको महसुल दर फिर्ता लिई साविक महसुल दर नै कायम राख्न जोडदार माग गरेको हो ।


धरान खानेपानी व्यवस्थापन बोर्डको सञ्चालन प्रक्रिया ऐन नियम बमोजिम नभएको र हाल बोर्डको कार्यकारी समितिको बैठक लगायत सञ्चालन प्रक्रियाको विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘यस कारण अवैधानिक र एकल निर्णयबाट वृद्धि गरिएको शुल्क उपभोक्ताका लागि मान्य हुँदैन ।’

विज्ञप्तिमा खानेपानीको आपूर्ति पर्याप्त नभएका कारण उद्योग व्यवसाय सञ्चालन गर्न असहज भएको अवस्थामा महसुल वृद्धिले उद्योगी, व्यवसायी थप मारमा परेको उल्लेख छ ।

धरानका सङ्घ सङ्गठनहरू लगायत उपभोक्ताहरूले महसुल वृद्धि विरुद्धमा गर्ने विरोध तथा आन्दोलनमा  सङ्घको समेत ऐक्यबद्धता, समर्थन र सहयोग रहने जानकारी गराएको छ ।