धरान/ धराने जनताको लागि खाने पानी सहज रुपमा आपूति गर्न पाउनु फलाम चपाएझै भएको छ। 

हिउदको समयमा खाने पानीको अभावमा कानाकरधनकाक हरुले बर्षाद्मा धारामा पानी प्रसस्त आए पनि चैनको निन्द्रा पाएका छैनन् यसको प्रमुख कारण हो खाने पानीको महसुल ९ हजार प्रतिशतभन्दा बढी बृद्धि हुनु। अहिले यसैको विरोधमा दल आन्दोलित छन् । दश दलको आन्दोलनलाई सर्वसाधारणले समेत समर्थन जनाएका छन्।

मनव जीवनसँग जोडिएको अत्यावश्यक कुरामध्ये खानेपानी सबैभन्दा महत्वपूर्ण हो । यो विना जीवन चल्नै सक्दैन । 

तर पाानरिधाानति बढी हुने गरेको ५ सांसद, नगर प्रमुख, वडाध्यक्ष लगायतले चुनावताका खाने पानी समस्या समाधानको विषयलाई प्राथमिकतानाठस र चुनाव चितिसकेपछि यसैमा टेकेर राजनीति गर्छन् अहिले धरानमा यस्तै भएको छ खानेपानीको मुद्धालाई अगाडि बढाएर स्वतन्बबाट मेयरमा चुनाव जितेका हर्कराजराज राईले खानेपानीको सहजतासँगै महसुलमा समेत सहजता गर्ने भनेर  चुनाब जिते तर अहिले  तिनै मेयरले सर्वसाधारणको ढाडसेक्ने गरी खानेपानीको महसुल बढाएका छन् ।

धरान खाने पानी बोर्डको अध्यक्ष भएकै रवाफमा महसुल बढाएपछि दश दल आन्दोलनमा होमिएका छन् ।

धरान उपमहानगरपालिका वडा नं. १३ का डम्बर निरौलाले सर्वसाधारणले धरानमा बस्न नसक्ने अवस्था आएको बताए ।

उनले अहिलेको खाने पानीको महसुलबृद्धि सोच्नै नसक्ने अवस्था रहेको बताए। उनले अहिलेका मेयर हर्कराज राई अभियन्ता हुँदा तत्कालीन मेयर तिलक राईले बोर्डको हैसियतले २५ प्रतिशत महसुल बढाउँदा आन्दोलनमा होमिने अहिले मेयर र बोर्डको अध्यक्ष हुदा मनपरि ढंगले महसुल बढाउँदा पनि हुने भन्दै प्रश्न गरे।

उनले आन्दोलनमा आफूहरुको पूर्णसमर्थन भएको बताए।

उनीमात्र मात्र हैन धरान १ का व्यवसायी प्रकाश शर्माले अहिलेको मन्दीको अवस्थामा महसुल बढाउनु जायज नभएको बताए।

उनले अचाक्ली बृद्धि भएको महसुलले कसैलाई हित नगर्ने बताए। दश दलले शुरु गरेको आन्दोलन सर्वसाधारणकै हितका लागि भएकोले यसलाई समर्थन गरेर जानुपर्नेमा जोड दिए।उनीहरुभन्दा पनि गरिब तथा ससहाय जो दुई छाक टार्न धौधौ भएका सुकुम्बासी बस्तीका सर्वसाधारणलाई अझ गाह्रो भएको छ ।

कम शुल्क भएकै बेला धारा जडान गर्नदिएको निवेदनको अझै सुनुवाई नभएको बेला अब नयाँ धारा जोड्ने सुकुम्बासी बस्तीका सर्वसाधारणलाई फलामको चिउरा चपाएझै हुने सुकुम्बासी नेता सुवास राई बताउँछन्। खानेपानीको एजेण्डा बोकेका मेयर राईले अहिले खानेपानीमै राजनीति गरेकोले उनी दलभन्दा फरक नभएको तर्क पेशगरे ।

विगतमा धरान खानेपानी व्यवस्थापन बोर्डले नयाँ धारा जडानमा पाइपको साइज अनुसार १५ देखि २५ हजारसम्म लिने शुल्क अहिले २० हजारदेखि १ लाख सम्म पुर्याएको छ ।

  विगतमा होल्च चेन्जमा २ हजारदेखि ६ हजारसम्म लिँदै आएकोमा अहिले पाइपको साइज अनुसार ५ हजारदेखि २० हजारसम्म पुर्याएको  छ ।यस्ता धेरै कुरामा अहिले ९ हजार ९सय प्रतिशतसम्म बृद्धि भएको छ। हुन त बोर्डकौ बैधताको विषयमा समेत बोर्डकै सदस्यहरुले कुरा उठाउँदै आएका छन्।

बोर्डकै सदस्यहरुले मेयर राई अध्यक्ष भएदेखि बोर्डको बैठक नबसेको, बोर्डले पूर्णता नपाएको विषयमा सम्बन्धित निकायमा ध्यानाकष उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले य विषयमा पटक पटक कुरा समेत उठाउँदै बताए।

यस विषयमा उपमहानगरपालिकाका मेयर बोर्डको अध्यक्ष हुने भएकोले बोर्डको अध्यक्षले गरेको निर्णय मान्य हुने बोर्डले तर्कर्बका पदाधिकारीहरुले राख्दै आएका छन्।

बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेलले बोर्डका अध्यक्षले गरेको कुरा नै मान्य हुने बताए।

अहिले यो विषयमा दलहरुले आन्दोलन चकाई रहेका छन्। बोर्डले बढाएको अत्याधिक महसुल नघटाएसम्म चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्। पहिलो चरणमा महसुल घटाउन दिएको ७२ घण्टे अल्टिमेटमपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन्। 

अन्तरिक्रया, वडा वडामा ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई उनीहरुले सम्पन्न गरिसकेका छन् ।साउन २० गते विशाल र्याली सहित कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन्।

यति गर्दापनि महसुल नघटाए बोर्डमै तालाबन्दी गर्ने सम्मको चेतावनी समेत दिएका छन्।