धरान/ धरान उमहानगरपालिकाका मेयर हर्कराज राईको निर्देशन मुताविक काम गर्ने नगर प्रहरी पक्राऊ  परेका छन् । 

    धरान वडा १३ अमर बस्ती (क) खहरेमा लगाएको ग्याबिन जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सादा पोसाकका प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताए । असई मग्रातिलाई पक्राउ गरी इनरुवा चलान गरिएको छ । 

नगर प्रहरीका असई सुरेश मग्रातीको कमाण्डमा नगर प्रहरीको टोलीले धरान–१३ अमरबतीको ग्याबिन जाली भत्काएका थिए ।मग्रातीलाई सादा पोशाकमा खटिएको प्रहरीले शुक्रवार नै पक्राउ गर्न उपमहानगरपालिका कार्यालय परिसरमा पुगेको थियो ।

प्रमुख साम्पाङले आफै आइतबार असई मग्रातीलाई लिएर जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाउने शर्तमा छोडिएको थियो ।

सार्वजनिक सम्पत्ति ग्याबिङ भत्काएकोमा बुधवार साँझ धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राज कुमार राई र ३० वर्षीया पारु राईलाई  पक्राउ परेका  थिए । 

पक्राउ पर्ने ३ नै जनालाई आपराधिक उपद्रव मुद्दा चलाइएको प्रवक्ता भण्डारीले बताए।

प्रदेश सरकारको बजेटमा निर्माण गरिएको ग्याबिङ जाली तोडफोड भएपछि उपभोक्ता समितिले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घटनाको छानबिन गरी कारबाहीको माग गर्दै निवेदन दिएका थिए ।

वडा कार्यालयले पनि उक्त घटनाको छानबिन गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ ग्याबिङ जाली लगाइएको थियो ।

तर, हाल पक्राउ परेका स्थानीय भारती राईले खहरेको बिचमा लगाएको भन्दै मेयर हर्क साम्पाङलाई मौखिक उजुरी गरेपछि मेयर साम्पाङले डोजर लगेर भत्काइदिन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।