काठमाडौं/  मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ परेको आठौं दिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

 प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो ।

प्रसाईविरुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन् ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ ।

प्रसाईको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ ।

प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिइएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी एक जना महिला नेतृको चरित्रहत्या गरेको आरोप छ । अ

र्का एक जना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।