धरान/  सुनसरीको बराहक्षेत्रको नेकपा एमालेमा महिला नेतृत्व आएको छ । सोमबार सम्पन्न भएको पार्टीको दोश्रो नगरअधिवेशनद्धारा एमाले महिला नेतृ सीता भण्डारीको नेतृत्व आएको हो ।

पौडेल सर्व सम्मत निर्वाचित भएकी हुन् ।  

पौडेलको अध्यक्षतामा पदाधिकारीसहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्रबहादुर विष्ट, उपसचिवमा खुल्लातर्फ प्रमोद घिमिरे र महिलातर्फ मेनुका लिम्बू निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

दुई दिनसम्म चलेको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको एमाले केन्द्रीय लेखा आयोग सदस्य सदस्य एवम् अबिधेशन अध्यक्ष मण्डल सदस्य डिबी शाहसंकरले बताए ।

उनले भने,“नयाँ कमिटीको नेतृत्वले सिंगो बराहक्षेत्रमा पार्टीको गुमेको विरासत फर्काउने छ,नेतृत्व जुझारु र सक्षम आएको छ,एमालेले महिलाको नेतृत्वलाई प्राथमिकतामा राखेको यो सन्देश पनि हो।”

को हुन महिला नेतृ सीता पौडेल ? 

बराहक्षत्रे २ निवासी सीता पौडेलको राजनीति पृष्ठभुमि नै हो । एमालेको राजनीतिबाटै आज सिंगो बराहक्षेत्रको नगर कमिटीको नेतृत्वमा पुगेकी हुन् ।

उनी यसअघि पार्टीको नगरमा उपाध्यक्ष हुँदै कार्य बाहक अध्यक्ष बनेर अहिले कार्यकारिणी अध्यक्ष बन्न सफल भएकी छिन् ।

बराहक्षेत्रमा राजनीतिक नेतृ , सहकारी अभियान्ता र समाजसेवीको रुपमा पनि उक्तिकै परिचित रहेकी छिन् ।उनी तत्कालिन बराहक्षेत्र गाविस अध्यक्ष दल बहादुर पौडेलको श्रीमती पनि हुन् ।