धरान/ राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्ग अन्र्तगत धरान चतराको सडक खण्ड निर्माणमा ढिलाई भएको छ ।
सडक निर्माण सम्पन्न गर्नको लागि सडक आसपासका रुखहरु बाधक भएपछि सडक निर्माण सम्पन्न गर्नको लागि ढिलाई भएको हो ।
धरान ६ पानबारीको सेहरोखोलादेखि धरान ८ स्थित तिनकुने क्षेत्र हँुदैं लाग्घाली,हरियाली बन क्षेत्र सहित सर्दु अनि पटनालीदेखि बराहक्षेत्रको सडक आसपासमा रहेका वन क्षेत्रको रुख कटान गरेर मापदण्ड मुताबिक सडक निर्माण गर्नु पर्नेछ ।
सामुदायिक वन क्षेत्रको उक्त रुख कटान गर्नको लागि नेपाल सरकारको स्वीकृती चाहिने र मन्त्री परिषदको निर्णय चाहिने भएकाले पनि ढिलाई भएको हो । तर सरकारले उक्त स्थानको रुख कटानको लागि मन्त्री परिषदको निर्णय गन ढिलाई गरेको छ । जसका कारण धरान पानबारीको सेहराखोलादेखि बराहक्षेत्र १ स्थित झण्डाचौक सम्म राजमार्ग निर्माणमा ढिलाई भएको छ ।
त्यस सडक खण्डमा पुलको काम पनि सुस्त गतिमा छ । पटनाली र खारखोलाको बीच जंगलको बाघ खोलामा बारम्बारको ताकेता र दबाव पछि पुल निर्माण शुरु भएपनि त्यो अहिले स्थगित रहेको छ ।
वर्षायामको कारण देखाउँदै निर्माण कम्पनीले निर्माण कार्य पनि स्थगित गरेको छ । पानबारी सेहराखोलादेखि बराहक्षेत्रको झण्डाचौक सम्मको लगभग १५ किलोमीटर सडक निर्माण पुर्ण हुन बाँकी रहेको छ । अन्य स्थान पानबारीदेखि केराबारी हुदै जाने सडक पनि क्रमसः निर्माण सम्पन्न हुँदै अघि बढेको छ ।
तर पानबारी चतराको सडक खण्डको निर्माण कार्य सम्पन्न गर्नको लागि वनको रुख कटान गर्न नै मन्त्री परिषदको निर्णयको पर्खाईमा रहेको कोशी प्रदेश सभा सदस्य रमेश कुमार वस्नेतले कोशी पत्रसँग बताए ।
उनले भने,‘म लगायत यस क्षेत्रका सवै सांसद सहित संघीय सरकारका मन्त्री,निर्माण ठेकेदार कम्पनी लगायतसँग दशैं अघि मात्रै पनि संवाद र छलफल भएको छ,रुख कटानको बाधा अडकाउ फुकाउनको लागि प्रधामन्त्री केपी शर्मा ओलीले पनि चाँडै मन्त्री परिषदले निर्णय गर्ने प्रतिवद्धता दिनु भएको छ,संभवत यो तिहार अघि निर्णय हुन्छ र काम अघि वढ्ने छ ।