धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभीत्र निर्माणधिन मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र एमसिएच अन्तिम चरणमा पुगेको छ ।
४०० शैयाको सुविधा सम्पन्न अस्पताल ४ तलाको छ । २ अर्ब ५० करोड लगानीमा बन्दै गरेको अस्पताल भवन २०७२ सालबाट बन्न सुरु भएको हो ।
१६ विघा क्षेत्रफल जमिनमा बनिरहेको भवन पहलिो संरचना १ लाख स्क्वायरफिट र सबै भवनको क्षेत्रफल ४ लाख ३० हजार स्क्वायरफिटमा फैलिएको छ ।
९ वर्ष लगाएर बनेको भवनको ९० प्रतिशत काम सम्पन्न भएको इन्जिनिएर मदन साहले जानकारी दिए ।
आइतबार नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सांसदहरु विजय राई र रमेश बस्नेत, पूर्व सांसद जयकुमार राई, एमाले नेता मुरारी सुवेदी, किशोर सम्बहाम्फे, मजदुर नेता भीमज्वाला राई लगायतले निर्माणाधिन भवनको अवलोकन गरेका छन्।
आमा र बच्चाको स्वास्थ्यसेवामा यतिको अस्पताल देशमै नभएको नेता घनश्याम खतिवडाले बताए। अब १० प्रतिशत मात्रै काम बाँकी रहेकाले २ महिनाभीत्र निर्माण कार्य सम्पन्न हुने इन्जिनिएर मदन साहले बताए ।
चैत ६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भइसकेको भएपनि रोकियो । उद्घाटन भएको भए अहिले ओपीडि सञ्चालन गर्न सकने अवस्था आउथ्यो साहले भने।