धरान । धरानबाट पानवारी जाँदै गर्दा यस्तो स्थान आउँछ,जहाँ एक पटक टक्क अडिन मन लाग्छ अनि गोजीबाट मोवाइल झिकेर खिचिक्क फोटो खिच्न मन लागि हाल्छ ।

 यो स्थानले सवैको मन लोभ्याउँछ र एक छिन अडिएर त्यहाँको हरियाली दृष्यलाई पनि कैद गर्न मन लागि हाल्छ ।अनि फोटो फेसवुकमा पोष्ट्याउन हतारो हुन्छ ।जुन रोड जंगल वारपार  गर्ने  तर त्यहीँ रोड धरानकै  भाइरल रोड रातारात वन्दैछ ।  मनै लोभ्याउने र सुन्दर,शान्त,हरियाली वातावरणले साँच्चै स्वर्गीय अनुभुति दिलाउँछ । वच्चा हास्े,युवा –युवती,वृद्ध–वृद्धा जो कोहीको मनै लाभ्याउँछ । धरान १५ स्थित रम फ्याक्ट्रीदेखि जंगल झिर्ने वितिकै उक्त सडकमा पुगिन्छ । धरान –१५ को वाँझगरा सामुदायिक वन भित्र पर्ने सडक नै सेल्फी खिच्ने र भिडियो सुटिङको लागि उपयुक्त स्थल वन्दै गइरहेको छ ।20211122_130106_001

प्रायः जसो भिडियो सुटिङ गरेको दृष्य हिड्ने क्रम देख्न सकिन्छ ।विहान होस्,दिउँसो अथवा वेलुकी पख होस पुग्न मन लाग्छ । सेउतीखोलाको डिलवाट उकालो आउँदा अथवा धरानबाट पानवारी जाने क्रममा वीच वाटोमा नै यो रोडमा आवात जावात गर्नेहरु रमाउने गर्दछन् ।विहानै मनिङ वाक गर्नेहरुको ताँती लाग्छ, दिउसो पैदल हिडेर सितलता लिनेहहरुको पनि उतिकै आवात जावात हुन्छ भने वेलुकी पख इभिनिङक वाक हिड्नेको लर्को नै लाग्ने गरेको छ । विवाहित नव जोडीहरुको लागि पनि फोटो सेसन गर्ने रोजाईको स्थान वन्दै  गइरहेको छ । धरानका मजदुर नेता गोविन्द गिरी धरान पानवारी आउने जाने क्रममा सो स्थान फोटो खिच्ने गरेको वताउँछन् । आनन्दित ठाउँ छ , रिफ्रेस हुनको लागि पनि  त्यहाँ जानु ठिक हुने वताउँदै त्यहाँ अझै डेकोरोशन गरेको खण्डमा सवैको मन तान्न सक्ने वताउँछन् ।


सो स्थानमा जव सडक वन्यो ,त्यस पछि सवैको मन लोध्याउने स्थल वन्न थालेको हो । कच्ची वाटोलाई पक्की सडक वनाएपछि सबैको लागि रोजाईको स्थान वन्दै गइरहेको छ । कच्ची बाटो हुँदा भने दिनहँु जसो चोरी डकैती हुने गर्दथ्यो । विशेष त धरान आवात जावत गर्दा त्यहाँका स्थानीवासीले खतरा मोल्नु पर्ने अवस्था थियो । तर अहिले भने त्यो खतराबाट मुक्तm भएका छन् । मानिसको आवात जावात वाक्लो र सवारी साधानमा हिड्ने क्रम वढेपछि त्यहाँ दिनहँु जसो हुने लुटपाट,कुटपिट हुने क्रम रोकिएको छ । धराना पानवारी जाने  सो वाटो अव मदन भण्डारी राजमार्ग जाने वाटो वन्ने भएको छ ।अहिले धमाधम निर्माणको काम पनि भइरहेकोले निकट भविष्य अझै सो स्थानले सवैको मन तानेर आन्तरिक तथा वाह्य पर्यटकको मन जित्ने स्थानीय वताउँछन् ।