इटहरी । नवौं राष्ट्रिय खेलकुदको छनोट अन्तर्गत प्रदेश एक स्तरीय महिला महिला प्रतियोगितामा ओखलढुंगाले स्वर्ण पदक जित्न सफल भएको छ । 

आइतबार झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको फाइनलमा खोटाङलाई हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । सेमिफाइनल र फाइनल खेल आइतबारै कमल गाउँपालिकामा सम्पन्न भएको थियो भने तेस्रो पोजिसनको लागि झापाको दमकमा खेल सम्पन्न भएको थियो । ओखलढुंगाले खोटाङलाई २५–१४, २२(२५ र २५(१८ ले हराएर उपाधि ज्जितेको हो ।  

भोजपुरले तेस्रो स्थान हासिल गर्यो । उदयपुरलाई हराएर भोजपुरले तेस्रो स्थान हासिल गरेको हो ।