काठमाडौं । बंगलादेशमा अक्टोबर १ बाट अक्टोबर १५ सम्म आयोजना हुने महिला एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

टी-ट्वान्टी फर्म्याटमा एसिया कपको पहिलो खेलमा आयोजक बंगलादेश र थाईल्याण्ड खेल्ने छन् । प्रतियोगिता सिलेटमा रहेको सिलेट अन्तराष्ट्रिय क्रिकेट मैदान तथा सिलेट आउटर क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा २४ खेलहरु हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश सहित भारत,श्रीलंका,पाकिस्तान,यूएई,थाईल्याण्ड र मलेसियाको सहभागीता रहने छगलादेश यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

२००४ बाट सुरु यस प्रतियोगिताको यो आठौं संस्करण हो । यस प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारतले ६ पटक यस प्रतियोगिताको च्याम्पियन बनेको छ ।

हरेक दुई वर्षमा हुनु पर्ने यो प्रतियोगिता २०१८ मा अन्तिम पटक भएको थियो । २०२० मा बंगलादेशमा हुनु पर्ने आठौं संस्करण यस वर्ष आयोजना हुदैछ ।

No description available.