धरानका चर्चित कवि विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसर पारेर विमल गुरूङ स्मृति पुस्तकालयले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ।

महोत्सव आउँदो कार्तिक १९ गते हुनेछ । सो अवसरमा विद्युतीय, छापा तथा कुनै पनि माध्यममा प्रकाशित नभएका दुई सय शब्दसम्मको मौलिक कविता प्रीति फन्टमा कम्प्युटर टाइप गरी धरानको बुद्धचोकस्थित पुस्तकालयमा पुग्नेगरी पठाउन पुस्तकालयले आग्रह गरेको छ ।

पुरस्कृत हुने प्रथम कविताले रु. २१,०००।–, द्वितीय पुरस्कार रु. १७,०००।–, तृतीय पुरस्कार रु ११,०००।–, सान्तवना रु. १०,०००।– प्राप्त गर्ने जनाइएको छ ।

महोत्सवका बारेमा फोन नं ०२५–५२८०९६ मा बुझ्न सकिने तथा

Email : [email protected], [email protected]

मा पनि पठाउन सकिने पुस्तकालयले जनाएको छ ।