रुस (मस्काे) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धभूमिमा पराजय भोग्न परेपछि थप हजारौँ फौजलाई युक्रेनमा लड्न आह्वान गरिहेका छन् ।
पुटिनले रुसी भौगोलिक सम्मानको विश्वसनीयता कायम राख्न आंशिक सैनिक परिचालन आवश्यक भएको विचार व्यक्त गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबाट पुटिनले युक्रेन र आफ्नै फौजलाई पनि रगतमा डुबाउन चाहेको प्रतीत हुने प्रतिक्रिया दिएका छन् ।
पुटिनको यो आह्वान तीन लाख रुसी जगेडा सेनामाथि इंगित रहेको छ । यो संख्या करिब २ करोड ५० लाख रुसी जगेडा फौजको केही अंश मात्रै हो । पहिलेदेखि नै रुसमा सबैलाई सैनिक तालिम अनिवार्य रहँदै आएको छ ।
पुटिनले युद्धमा सहभागी हुन आह्वान गरिएका फौजमा के कति युद्ध कौशलता हुनेछन् भन्ने स्पष्ट पारिएको छैन । रुसी टिप्पणीकारहरूले यस कदममाथि प्रश्न उठाउँदै पुटिनद्वारा हस्ताक्षरित उक्त घोषणापत्रमा निश्चित सैनिकको संख्या र विद्यार्थीहरू भर्ती हुनुनपर्ने जस्ता अपवादहरू उल्लेख नगरिएको बताएका छन् ।
तर, रुसी अधिकारीहरूले चाँडै नै उक्त सैनिक परिचालनमा क–कसले सहभागिता जनाउनु नपर्ने भन्ने घोषणा गरिने जानकारी दिएका छन् ।
टेलिभिजनमार्फत मुलुकलाई सम्बाेधन गर्ने क्रममा पुटिनले पश्चिम जगत् आणविक ब्ल्यामेलिङ गर्ने काममा व्यस्त रहेको पनि बताएका छन् । साथै उनले सही जवाफ फर्काउन रुससँग थुप्रै हतियार भएको र रुसले जुनुसुकै उपायहरू अपनाएर भएपनि आफ्नो भूभागको प्रतिरक्षा गर्ने पनि बताएका छन् । उनले रुसले थप प्रत्याक्रमण गर्ने कुरा कुनै गफ नभएको जनाएका छन् ।
केही समय यता युक्रेनले प्रत्याक्रमण गरेर रुसको नियन्त्रणमा रहेका भूभाग फिर्ता लिने काममा निरन्तर सफलता हासिल गरिरहेको छ ।
स्राेत : बीबीसी