काठमाडौं /  वैदेशिक रोजगारमा गइ कम्तीमा ६ महिना काम गरि फर्किएका नेपाली नागरिकले दुइवटा सम्म मोबाइल ल्याउन पाउने भएका छन् ।

यश अघि एउटा मात्रै मोबाइल ल्याउन पाउने प्रावधान हटाउदै आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतले गरेको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उनको सचिवालयले जनाएको छ ।

विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ९३० अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो ।