लन्डन । उत्तर कोरियाले रूसलाई कहिल्यै हतियार नबेचेको र भविष्यमा पनि त्यसो गर्ने कुनै योजना नभएको दाबी गरेको छ । रूसले प्योङयाङमा पुनःभण्डार गर्न थालेको अमेरिकी प्रतिवेदन सार्वजनिक भएपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो । 

अमेरिकी अधिकारीहरूले यसअघि रूसले उत्तर कोरियाबाट रकेट र सैन्य हतियार खरिद गर्न सक्ने दाबी गरेका थिए । रूसले युक्रेनमा प्रभाव बढाउनका लागि इरानसँग हतियारहरू खरिद गरेसँगै पश्चिमी प्रतिबन्धले उसलाई बाधा पुर्‍याएको प्रष्ट हुने उनीहरुको दाबी थियो ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार रूसले अमेरिकी रिपोर्टहरूमा दाबी गरिएको उक्त आरोप तत्काल अस्वीकार गरेको थियो । 

उत्तर कोरियाको राज्य मिडिया केसीएनएमार्फत रक्षा मन्त्रालयका एक अधिकारीले बिहीबार भनेका छन्, “हामीले रूसलाई पहिले कहिल्यै हतियार वा गोला बारुद निर्यात गरेका छैनौँ । र, हामीले उनीहरुलाई निर्यात गर्ने योजना पनि बनाएका छैनौँ ।”

दुई देशहरू बीच कुनै पनि हतियारको आदानप्रदान गर्नु संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको उल्लंघन मानिन्छ ।