चीन (बेइजिङ) । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा कारावास चलान गरिएको छ । 

उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १ करोड ४७ लाख अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । 

बिहीबार चाँगचुनस्थित एक अदालतले दुई वर्षपछि उनलाई सुनाइएको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेगरी निर्णय सुनाएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महिना बस्ने कंग्रेसको सम्मुख अचानक थुप्रै अधिकारीहरूमाथि छानबिन सुरु भएकोबेला उनलाई यो सजाय सुनाइएको हो ।

चीनको सत्तारूढ पार्टीको यस्तो महत्वपूर्ण बैठक हरेक पाँच वर्षपछि बस्ने गरेको छ । यसपालिको बैठकमा राष्ट्रपति सी जिनपिङलाई ऐतिहासिक तेस्रो कार्यकाल प्रदान गरिने तथा उनको शक्तिलाई मजबुत बनाइने अनुमान गरिएको छ । 

यसै सातामात्र चीनका अन्य तीनजना पूर्व प्रान्तीय प्रहरी प्रमुखलाई सजाय सुनाइएको थियो । 

यी चारैजनालाई भ्रष्टाचारको मात्र नभइ सीप्रति बेइमानी गरेको अभियोग पनि लगाइएको थियो । 

उनीहरूलाई एउटा राजनीतिक वृत्तको नेतृत्व गर्ने अर्का सुरक्षा प्रमुख सुन लिजुनको मतियार भएको आरोप पनि लगाइएको छ । सुरक्षा क्षेत्रमा अन्य अधिकारीहरूलाई माथि उकास्न आफ्नो राजनीतिक समूह तयार गरेको बताइएका सुन अहिले सजायको पर्खाइमा बसेका छन् ।  

बीबीसीबाट ।