अस्ट्रेलिया (सिडनी) । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी ‘ओप्टस’मा साइबर आक्रमण भएको छ ।
यस आक्रमणको कारण ग्राहकहरूका नाम, जन्ममिति, फोन नम्बर र इमेल ठेगाना सार्वजनिक भएको ओप्टसले बताएकाे छ ।
एक करोड भन्दा बढी भुक्तानीकर्ता रहेको ओप्टसले अन्ततः आक्रमण रोक्न सफल भएको तर, त्यसअघि नै ग्राहकका सवारी चालक अनुमति तथा राहदानी नम्बरलगायत अन्य विवरण पनि ह्याक भएको बताएको छ । ओप्टसले भुक्तानी तथ्यांक र खाता पासवर्डसँग भने सम्झौता नगरेको उल्लेख गरेको छ ।
कम्पनीले ‘अति खतरा’को सूचीमा परेका ग्राहकलाई सूचित गरिने तर, सबै ग्राहकले आफ्ना खाता एकचोटि आफैले जाँच्नु बेस हुने पनि बताएको छ ।
एबीसी टेलिभिजनमार्फत ओप्टसका प्रमुख कार्यकारिणी अधिकारी केल्ली बेयर राजमरिनले यस घटनाका लागि ग्राहकहरूसँग माफी मागेकी छन् ।
कम्पनीले अस्वाभाविक गतिविधि महसुस हुनासाथ संघीय प्रहरीलाई सूचना दिएको थियो । अनुसन्धानकर्ताहरूले ह्याकर्स को हुन् र कुन उद्देश्यले ह्याक गरिएको भन्नेबारे छानबिन गरिरहेका छन् ।
स्रोत : बीबीसी