इटहरी । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं। १ का नौ जिल्लाका २९ जना खेलाडी मध्येबाट दश जना छनौटमा परेका हुन ।
बिहीबार भएको फाइनल राउण्डमा प्रदेश नं। १ का नौ जिल्लाका २९ जना खेलाडीले ५५ केजी, ६० केजी , ६५ केजी, ७० केजी , ७५ केजी , ८० केजी र ८० केजीभन्दा माथीको तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
प्रदेश नं १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताको ५५ केजी तौल समूहमा अजय राजवंशी ९झापा० , ६० केजी तौल समूहमा सन्देश राई ९झापा० , ६५ केजी तौल समूहमा मनोज कटृवाल९ उदयपुर० ७० केजी तौल समूहमा पवन भट्टराइ ९पाँचथर० ७५ केजी तौल समूहमा निखिल ताम्राकार ९उदयपूर० ८०केजी तौल समूहमा शौरभ मगर ९मोरङ० , ७० केजी मुनी मेन फिजिक्समा अवतार श्रेष्ठ ९सुनसरी० ७० केजी भन्दा माथि तोल समुहमा देवराज पराजुली ९ खोटाङ० ,ओमेन फिजिक्समा रुपा तामाङ ९सुनसरी० र ओमेन बडीबिल्डरमा रजनी श्रेष्ठ छनौट भएको छनौट समितिले जानकारी दिएको छ ।
छनौट प्रतियोगितामा राष्ट्रिय स्तरका निर्णायकहरु शिव मुखिया, पुष्प श्रेष्ठ, नवनित प्रधान, कवीरराज प्रधान , हरि धिमाल, दिपेश पाठक, अशोक पाठक , सिजर राजभण्डारी , सोम पोखरेल र शारदा दाहाल रहेका थिए ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाई, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भूर्तेल, राष्ट्रिय खेलकुद परिषद शारीरिक सुगठन प्रमुख प्रशिक्षक