धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३ ले आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेको छ । बराहक्षेत्र –३ को वडाकार्यालयको सभाहलमा असोज ४ गते सम्पन्न  साधारणसभाले पुनः अध्यक्षमा प्रकाश दिप्साली राईलाई चयन गरेको छ । 

उपाध्यक्षमा शरण लिम्बु, सचिवमा लक्ष्मण कट्वाल, सह– सचिवमा सविता फागो चोङ्बाङ र कोषाध्यक्षमा शारदा निरौला “शारु” चयन भएकी छिन् । यस्तै सदस्यहरुमा अच्युत भट्टराई, मनोज विष्ट, मेलिसा चोङ्बाङ, दीपा मग्राती र सुर्य तामाङ चयन भएका छन् ।

बराहक्षेत्रमा लामो समयदेखि साहित्य सिर्जनाप्रति समर्पित स्वर्णिम साहित्य समाजले सयौं दस्तावेजीकरण कार्यक्रमहरु गरेका छन् भने पछिल्लो आयाम नजिक रहेर कार्यक्रमहरु गर्ने गरेकै कारण सबैको प्रिय बनेको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ का वडाअध्यक्ष राजदिप लामाले पानसमा दियो बालेर समुद्घाटन गरेका थिए ।