धरान ।प्रदेश १ बास्केटवल खेलाडि छनौट प्रतियोगितामा सुनसरीले महिला पुरुष दुबैमा स्वर्ण पदक चुमेका छन ।
शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरिले मोरङलाइ ६९-४२ अङ्कको अन्तरले पराजित गर्दै स्वर्ण पदक चुमेका हुन, भने मोरङले सिलभर मेडलमा चित्त बुझाउन पर्यो ।
फाइनल खेलको प्रत्येक क्वाटरमा सुनसरिले अग्रता लिदै मोरङलाई पराजित गरेका थिए । खेलको प्रत्येक क्वाटरमा सुनसरि र मोरङले १९-१८, १७-८, १७-११ र १६-५ अङ्क जोडेको थियो । खेलमा सुनसरिका हेमन्त राइले ब्यक्तिगत १५ अंक जोडे ।यसै गरि सनिबार नै ब्रन्ज मेडलका लागि इलाम र धनकुटा बिच भएको खेलमा इलामले धनकुटालाई ५९-४६ अंकको अन्तरले पराजित गर्दै ब्रन्ज मेडल हात पारे ।  खेलमा इलामका रिजन श्रेष्ठले ब्यक्तिगत २४ अंकको योगदान दिए ।
बिजेता तथा उपबिजेता खेलाडिहरुलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र बितरण गरेका छन ।
धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा असोज ६ गते देखि ८ गते सम्म  बास्केटबल खेलाडी छ्नौट  प्रतियोगिता सम्पन्न भएका हुन  । महिला तर्फ सुनसरिले स्वर्ण , झापाले सिल्भर र मोरङले ब्रन्ज मेडल जितेका छन  ।
 यस छनौट प्रतियोगिता वाट प्रदेश १ बास्केटवल टिम छनौट गरिने छ । 
छनौट भएका खेलाडिहरुले यहि असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिश्प्रधा गर्नेछ । यस छनौट प्रतियोगिता वाट फुल कोर्टका लागि १२ जना खेलाडि र थ्री वाइ र्थीका लागि ४ जना खेलाडि छनौट गरिने छ ।