धरान । मिस एण्ड मिसेस प्रोभिन्स आईडल  सिजन १ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

मिस एण्ड मिसेस प्रोभिन्सका प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।ट्यालेन्ट राउण्ड सम्म पाँच जना मिसबाट र ९ जना मिसेस गरि जम्मा १४ जनाले आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्डको निर्णायकमा गायक साथै प्राध्यापक किसोर थुलुङ्ग राई , डान्स कोरियोग्राफर रेश्मा बान्तवा राई , डान्स कोरियोग्राफर दिवस श्रेष्ठ , अन्तराष्ट्रिय मेकअप आर्टिस मिसम राई र  मिस स्टेट २०२२ को बिजेता स्वेता भुजेल रहेकि थिईन।ट्यालेन्ट राउण्डमा प्राप्त गरेको अंक फाईनलमा मिस ट्यालेन्ट र मिसेस ट्यालेन्ट सब–टाईटलको रुपमा अन्तिम दिन घोषणा गरिने आयोजकले बताएको छ। ड्रम्स एम प्रोडक्सनले आयोजना गरेको यश प्रतियोगिताको आयोजक साथै कोरियोग्राफी मिस नेपाल आइडल २०१८ मेरिना तुम्साको रहेकि छिन भने एसिष्टेन्ट कोईरियोग्राफी मिस स्टेट वान को २०२२ कि विजेता स्वेता भुजेल रहेकि छिन कार्यक्रमका कोर्डिनेटर कैलाश मोक्तान रहेका छन ।प्रतियोगिताको फाईनल असोज १५ गते धरानको किरात चुम्लुङ्ग हलमा हुने आयोजकले जानकारी दिएको छ ।

सहभागिहरुले चित्रकला, गायन, नृत्य , गजल र मेकपको कला देखाएका थिए कार्यक्रम धरानको छथरे समाजको भवनमा भएको थियो।