धरान  । पोखरामा असोज २९ गते हुन गइरहेको उसु राष्ट्रिय खेल प्रतियोगितामा सुनसरी उसु टिमले जितेको छ । 

प्रदेश स्तरीय उसु प्रतियोगिता जितेसँग अव पोखरामा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा सुनसरी टिमले गर्दैछ ।  

शनिबार इटहरीमा प्रदेश स्तरीय  उसु छनौट प्रतियोगितामा स्वर्ण ६ वटा रजत एउटा कांस्य ६ वटा कांस्य पदक सहित सुनसरि जिल्ला उसु सङ्घको टिम प्रथम भएको हो  । अन्तराष्ट्रिय रेफ्रि राजेन्द्र राईले प्रशिक्षण गराएका हुन । उनका अनुसार  राष्ट्रिय खेल  यही २९ गते पोखरामा हुदैछ । 

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरु 

रोहित लिम्बू प्रजोल राई,रोमन श्रेष्ठ ,पदक,दुर्गा ठकुरी स्वर्ण,प्रेरणा ठाकुर र टिकामाया मगर रहेका छन्।् । 

कांस्य पदक प्राप्त गर्ने खेलाडीहरु 

साङ्केन राई, सदिक्षा राई,सबिर सिंह याक्सो, किरण राई, लि गुरुङ ,पुनम गजमेर रहेका छन्।