जसलाई बोकेर सत्तामा आरोहण गरायो, उसैलाई सत्ताच्युत गर्न फेरि आन्दोलन गर्यो ।
१) ००७ सालमा राणाको कब्जाबाट सत्ताको बागडोर राजाको हातमा सुम्पिन राजा र जनता मिलेर भिड्ने प्रजातन्त्रका सेनानीहरु नै २०१७ मा राजाले कु गरेपछि राजा कै विरुद्ध आन्दोलित हुनु पर्ने कठिन मोडमा पुगे ।
२) पञ्चायतले राजाको सकृय नेतृत्वमा ३० वर्ष शासन गर्यो । पञ्चायत ढाल्न मिलेर संयुक्त आन्दोलन गरेका काँग्रेस र वाम मोर्चा नै एक आपसमा परस्पर विरोधी भएर निस्किए । एकले अर्कालाई सत्ताच्युत गर्न अनेक प्रपञ्च रचिरहन्छन् ।
३) शेर बहादुरको सरकार समक्ष माग पेश गरेर सशस्त्र संघर्षको जेहाद छेडेको माओवादी आज शेरबहादुर संग घाँटी जोडेर हिडेको छ । ओलीलाई बोकेर दुई तिहाई बहुमत नजिक पुर्याउने माओवादी आज ओली विरुद्ध मैदानमा छ ।
४) कसलाई कुनबेला कसले बोकेर सत्ता आरोहण गरायो उसैलाई सत्ताच्युत गर्न उ लागिरहने यो घोर अनैतिक र पापको घडा अब फुट्नुपर्छ ।
५) देशलाई पञ्चायतको चङ्गुलबाट छुटाएको ३ दशक बढी भयो, यो ३ दशकमा नेपाललाई चौतर्फी भासमा जाक्ने श्रेय सत्तामा पटक पटक बस्ने यी नै दलहरु लाई जान्छ । दलहरुले देश लुटेका छन् । दलका नेता नायक हैन, खलनायक प्रमाणित भएका छन् । अब दलहरुलाई तिरस्कृत गर्न ढिलो गर्नु हुदैन । मङ्सिर ४ लाई त्यसको फैसला गर्ने अवसरका रुपमा लिनु पर्छ ।
६) नेताका अवैध सम्पत्तिहरु जहाँ जहाँ छन्, ती सम्पत्तिमा राष्ट्रको हक लाग्ने भएकाले जफत गरेर ढुकुटीमा जम्मा गर्न सघाऔं ।
७) देश डुबाउनेलाई चुनावमा भोट हैन दण्डित गरौं ।
रामचन्द्र गंगाधर राजेन्द्रको फेसवुकबाट साभार