धरान । विज्ञानपन वोर्डका सदस्य एवम् इटहरीका पत्रकार पवन अधिकारीले  अन्तराष्ट्रिय सम्मान पाएका छन् ।  

दुवईमा अधिकारीलाई सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट  सम्मान गरिएको हो । नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्ष सम्मानित भएका छन् । अधिकारी मिडिया आन्टरपृनियर अवार्डबाट सम्मानित भएका छन् ।उनी सहित  पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने नारायण पौडेल हस्पिटालिटि अवार्ड,जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्री लगायतले भर्शटायल स्पोर्ट प्रसंनालीटी अवार्ड पाएका हुन ।

तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान गर्दै आएको छ । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा। रोबेट किट्टेल (अमेरीकी) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए ।