गोर्खालीको छोरो म तिर्थ मेरो नाम सिमा मिच्ने दुश्मनको गर्छु काम तमाम। हरिनगर गाउपालिकामा पर्ने नेपाल-भारत सिमानामा गएको बेलाको क्षण। कतै कतै एक दुइ वटा पिलर बाहेक हाम्रो देसको सिमाना छुट्याउने आधार स्पष्ट छैन।नेपाल सरकार त शोक न सुर्ता भोक न भकारी जस्तै छ। सिमानामा उभिदा लाग्छ कि एउटै देस हो कि फरक देस।किनकि पारीको गाई भैसि सिमानामै बाधेको छ। चोर,फटाहा, आतन्क फैलाउने कस्तो मान्छे आवत जावत गर्छ कुनै निगरानि छैन। त्यस्तै सामान अबैध रुपमा साईकल, पैदल ओसार पसार भएको कुनै निगरानि(एकाध ठाउ बाहेक) छैन।हाम्रो देसको सिमाना कहिले सम्म बेबारिसे हुने हो??

  • पत्रकार तीर्थ कार्कीको सामाजिक सन्जालबाट साभार