काठमाण्डौ ।  राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आज नेपाल आउने वताएका छन् ।

सो कुरा उनले आफ्नो सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका हुन् । बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् ।गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् ।गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।