दशैँ–तिहारको बिचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाइ स्कुलको मैदानमा सम्पन्न भएको छ । 

4

उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक व्यस्त गायिका मेलिना राईसँगै  धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, गायिका सुनिता थेगिम, गायक शुक्रराज लिम्बू,  धरानको तपस्वी ब्याण्ड र  भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सविना योङहाङ लिम्बूको समेत प्रस्तुति थियो । 

12

गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु, शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान, माया बिरानी, तिमीले बाटो फेर्यौं अरे, नाच फिरिरी, कसरी–कसरी, रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । 

डिल्ली फोम्बोले तिम्रो लागि, माइली, तिम्रो सुन्दरता, म माया लाउँदिन, आउछु म भनेर, कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरे । 

8

फोम्बोलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ दिएको थियो । त्यसैगरी सुनिता थेगीमले बिनायो कङकङ लोकगीतसँगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी, आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरिन् । 

अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङहाङ लिम्बूले आजभोली तिमीले हिंड्ने बाटो मोड्यौ र हिउँदोको घाम जस्तै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरिन् । 

9

गायक शुक्रराज लिम्बूले समेत आफ्नो चर्चित गीत तिम्रो कसम, मान्छे लगायतका गीतहरु प्रस्तुत गरे । कलाकारहरुलाई विशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङफुङवाले मायाको चिनो प्रदान गरेका थिए । 

एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियर साथै सह प्रायोजक रुस्लान भोड्का, रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन, होटल नवयुग, महेन्द्र एक्वा र विशेष सहयोग एनएच डीडी स्टुडियो हङकङ र केन्द्र मोशन पिक्चर्सको रहेको थियो । सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले कार्यक्रमलाई भव्यता दिएको  थियो । 

7

कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले गरेका थिए ।

13