काठमाण्डौ । खेलकुदको महाकुम्भ १०  औं राष्ट्रिय खेलकुद प्रतियोगता आज पोखरामा समापन हुँदैछ । 

विसं २०८१ मा दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने  तयारीसँगै आज यसपालीको प्रतियोगिता सकिदैछ । १० राष्ट्रिय खेलकुद प्रतियोगिता मंशीर महिनामा कर्णाली प्रदेशमा हुने भएको हो  । 

गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिदैछ ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले १ सय ५० स्वर्ण पदकसहित ३ सय १४ पदक जितेको छ । उसले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित अग्रता कायमै राखेको छ ।

दोस्रोमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यगरी १ सय ५८ पदक तथा तेस्रोमा रहेको एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य गरी १ सय ७६ पदक जितेको  छ ।

यस्तै गण्डकी प्रदेशले २९ स्वर्णसहित १ सय ६ पदक, वाग्मतीले २२ स्वर्णसहित १ सय २३, एनआरएनएले १० स्वर्णसहित २४, प्रदेश एकले ९ स्वर्णसहित ७५, सुदूरपश्चिमले ८ स्वर्णसहित ४७, मधेस प्रदेशले ५ स्वर्णसहित ३४, लुम्बिनीले ४ स्वर्णसहित ५९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १६ वटा पदक जितेका राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।