धरान । युद्ध कवि तथा लेखक नरेश काङमाङद्धारा लिखित कविता संग्रह तेप्लायूलाई धरानमा पुरस्कृत गरिने भएको छ । 

thumb (1)

कवि विमल पुस्तकालय धरान–१८ ले काङमाङद्धारा लिखित कविता संग्रहलाई  २ लाख ५१ हजार पुरस्कार सहित ताम्रपत्रले सम्मान गर्ने भएको हो ।

 ‘कवि विमल गुरुङ कृति पुरस्कार¬’ कवि नरेश काङमाङद्धारा लिखित सो  कविता संग्रहलाई सन्चालक समितीले आज(विहीबार ) वसेको वैठकले पुरस्कार सहित सम्मान गर्ने भएको हो ।  

 पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कार ०७८ का लागि आह्वान गर्दा स्वदेश र विदेशमा रहेका नेपालीभाषी लेखक कवि साहित्यकारहरुले विभिन्न विद्याका ४२ थान पुस्तक दर्ता गरेकोमध्ये तेप्लायुलाई पुरस्कार छनौटमा परेको वताए । 

सिफारिस समितिले गरेको सिफारिसमा भनिएको छ, ‘विश्वसाहित्यलाई हेर्दा विचार र सिद्धान्तले निर्देशित सिर्जना नै सबैभन्दा अब्बल र जीवन्त रहदै आएका छन् ।

सिद्धान्त वा चेतबिनाको साहित्यको आयु काफर हुन्छ । सिर्जनाको चुरो वस्तु हो चेत । यही चेतको फिलिङ्गोबाट जन्मिन्छ सिद्धान्त । कवि तथा अभियन्ता काङ्माङ नरेश राईले नेपाली साहित्यमा ‘युद्ध साहित्य’ लेखिरहेका स्रष्टा हुन् ।’

तेप्लायु कविता सङ्ग्रहमा युद्ध र योद्धाहरुको मनोविज्ञान, सामाजिक सुझबुझ र वीरताको कथा–गाथाहरु सुन्दर ढङ्गले बुनिएका कविताहरु समेटिएका छन् ।

नेपालीहरु युद्धसग जोडिदै आएको इतिहास निक्कै लामो रहेको छ तर यसलाई सैद्धान्तिकीकरण गर्न सकिएको थिएन ।

काङ्माङ नरेशले त्यो काम गरेको र सोही आधारमा कविता कृति सिर्जना गरेकाले तेप्लायु पुरस्कारको भागिदार बनेको पुस्तकालायले जनाएको छ । 

पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३१ औ राष्ट्रिय कविता महोत्सव तथा विमल गुरुङको ५१ औं जन्म जयन्तीको अवसरमा प्रदान गरिने छ ।