२९ अक्टुबर २०२२ मा दक्षिण कोरियाको राजनधानी सोलको इतेवोनमा ठूलो संख्यामा मान्छेहरु हेलोविन पार्टीमा सहभागी थिए । कोभिड महामारीपछि यो पहिलो पटक ठूलो संख्यामा मान्छेहरुको उपस्थिति रहेको थियो ।

सोल मेट्रोपोलिट पुलिस एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार यस क्रममा भएको भीडमा मच्चिएको भागदौडमा कम्तिमा १५४ जनाको मृत्यु भएको छ । 

यस्तै अग्निनियन्त्रण विभागका अधिकारीका अनुसार घटनामा १३३ जना घाइँते भएका छन् । 

मृत्यु भएकामा ९८ जना महिला छन् भने ५६ जना पुरुष छन् । 

यी मध्ये अधिकांश २० वर्ष मुनिका छन् । प्रहरीलाई उद्धृत गर्दै योनहाप न्युज एजेन्सीले जनाएअनुसार १५३ मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । एक जनाको पहिचान हुन सकेको छैन ।  


के हो हेलोविन पार्टी ?

helloween party dharan live2

पश्चिमा देशमा हेलोविन पार्टी मनाइने गरिएको छ । यो पर्व पूर्वजहरुको आत्माको शान्तिका लागि मनाइने गरिएको छ । यस दिन मानिसहरु डरलाग्दो मेकअप र पहिरन लगाउने गर्छन् ।

हेलोइन प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने विशेष पर्व हो । साहेनको पुरानो सेल्टिकबाट यसको सुरुवात भएको थियो । नोभेम्बर १ लाई सन्तहरुको सम्मान गर्ने समयको रुपमा आठौं शताब्दीमा पोप ग्रेगरीले तोकेका थिए । त्यसपछि यसको सुरुवात भएको मानिन्छ ।

नोभेम्बर १ को अघिल्लो साँझलाई हेलोविन इभको रुपमा मनाइने गरिएको छ ।

यस दिनलाई गर्मीको अन्त्यको उत्पादनहरु काट्ने, अँध्यारो, जाडोको सुरुवातको रुपमा मनाइने गरिएको छ ।

यस दिन मृतकको आत्मा पृथ्वीमा फर्कने विश्वास गरिन्छ ।

सेल्टिकहरुबीच यो नयाँ वर्षको सुरुवातको रुपमा मनाइने गरिएको छ । हेलोविन अमेरिका इंग्ल्याण्ड र युरोपेली देशमा मनाइन्छ । यसको सुरुआत आयरल्याण्ड र स्कटल्याण्डबाट भएको थियो ।