धरान / नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ (क)बाट प्रदेशसभा उम्मेद्वार बनेका रमेश बस्नेतले जनताको शिर झुक्न नदिने प्रतिब्द्धता व्यक्त गरेका छन् । 

विहीबार धरान ७ स्थित निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटनको क्रममा बस्नेतले यस्तो प्रतिब्द्धता व्यक्त गरेका हुन् । 

उनले देश र जनताका स्तर परिवर्तन गर्न सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेद्वारहरुलाई विजयी गराउनु पर्ने बताए ।

उनले एमाले सरकराको परिकल्पना बाट शुरु भएको सुरुङमार्ग, सडक, औद्योगीका ग्राम निमार्ण लगायतका योजनाहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउन पहल गर्ने प्रतिब्द्धता समेत व्यक्त गरे । 

सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ नेकपा एमाले र जसपाका तर्फबाट साँझा उम्मेदवारको रुपमा जसपाका संघीय परिषद् अध्यक्ष उम्मेद्वार रहेका छन् ।