धरान । तेह्रथुमकी सीता तुम्खेवाको ‘रातो रुमाल’ शिर्षकको कविता  ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९ मा प्रथम भएको छ । 

धरानको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९  तुम्खेवाको कविता प्रथम भएको हो । उनको कविताले प्रथम स्थान प्राप्त गरेपछि तुुम्खेवाले २१ हजार नगद र प्रमाणपत्र पाएकी छिन् ।


यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाएकाहरूमा क्रमशः मोरङका गगन योगपाङ्देन, काठमाडौकी राधिका कल्पित र रोल्पाका युग सर्वनाम भएका छन् ।


उनीहरूले क्रमशः १८ हजार, १७ हजार र १० हजार नगद र प्रमाणपत्र पाएका छन् ।


६७ वटा कविता आवेदन भएकोमा १० कविहरू अन्तिम प्रतिस्पर्धामा सिफारिस भएका थिए।


धरानका कवि विमल गुरुङको ५१ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना भएको थियो। पुुस्तकालयले बार्षिक रुपमा महोत्वसब गर्दै आएको छ ।