धरान/ १७ औ ललित अम्वर डिपो कपको तेस्रो दिन भएको खेलमा धरान लिगामेन्ट, हिमशिखर तरहरा, इमानुयल र चिल्डे्रन एकेडेमि विजयी भएका छन ।

तेस्रो दिन आइतवार भएको खेलमा लिगामेन्ट स्कुलले हिविकस स्कुललाई १–०, हिमशिखर तरहराले नोवेल स्कुललाई ७–०, इमानुयल स्कुलले दिल्लि पव्लिक स्कुललाई २–० र देउराली चिल्डे्रन एकेडेमीले विष्णु मेमोरियललाई २–० गोल अन्तरले पराजित गरेका छन् । पहिलो खेलमा लिगामेन्ट स्कुलका प्रज्वल गुरुङ्गले निर्णायक गोल गर्दै आफनो टिमलाई जित दिलाएका थिए । दोस्रो खेलमा हिमशिखरका प्रमेश मगरले ३, रिजन चौधरी १, असिम भट्टराई १, ओसिस कार्की १ र नोवेलका रिदम लिम्वुले आप्mनै पोष्टमा आत्मघाति गोल गरेका थिए ।

सोही दिन भएको तेस्रो खेलमा इमानुयलका पोषण वुढाथोकी र विश्वास राईले गोल गरेका छन् । चौथो खेलमा देउरालि चिल्डे्रनका असव विकले दुवै गोल गर्दै टिमलाई जित दिलाए ।    

पहिलो चरणको खेलमा हारसंगै हिविकस, नोवेल, दिल्लि पव्लिक र विष्णु मेमोरियल स्कुल लेट दिलकुमार प्लेट च्याम्पियनमा प्रवेश गरेका छन । प्रतियोगिताको पहिलो चरणमा पराजित ८ टिमले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछन् ।

 आइतवार भएको खेलको म्यान अफ द म्याच हिविकस स्कुलका गोलकिपर प्रज्ञान राई, नोवेल स्कुलका गोलकिपर समिर तामाङ्ग, दिल्लि पव्लिक स्कुलका सुयोङ्गा मिश्र र विष्णु स्कुलका महसुस पाण्डे घोषित भए । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

  मंसिर १६ गते सम्म संपन्न हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाइ स्कोररले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सोमबार आयोजक डिपो र इस्र्टन एकेडेमी र नेपाल पुलिस र प्रभात स्कुलवीच प्रतिष्पर्धा हुनेछ ।