मोरङ / 

प्रदेश १ प्रदेशसभाको सभामुख पदमा  नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन् । 

गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए । 

माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए । गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।