विराटनगर / १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले  जितेको छ । 

विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको विजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो । 

पूर्वाञ्चल ऐकेडेमीले  १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो । 

प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्वितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४ अंक ल्याएर सुन्दरहरैचा नगरपालिकामा रहेको सिद्धार्थ स्कुलले भएको छ । तृतीय ग्रामथान २ मा रहेको जनक मेमोरियलले ५ कास्य, १ रजत पदक सहित १७ अंक ल्याएको छ ।  चौथो भएको हरैचा मोडलले स्वर्ण, तीन रजक पदक सहित १४ अंक ल्याएको छ । पाँचौ लेटाङ ग्रिन भ्याली भएको छ । ग्रिन भ्यालीले २  स्वर्ण पदकसहित १३ अंक ल्याएको छ ।  

यसैगरी प्सटु तर्फको द्वितीय २८ अंक ल्याएर सिद्धार्थ स्कुल र तृतीय २० अंक ल्याएर सगरमाथा स्कुल भएको छ । चौथो विराटनगरको एभरेष्ट र ब्राइट फियुचर स्कुल भएको छ । उनीहरुले समान २०÷२० अंक ल्याएको छ ।  प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ ।

मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो । ३ किलोमिटर रोडरेस प्रतियोगिताको प्रथम मिनील्याण्ड स्कुलका दिपक सरदार भए । उनले ६ मिनेट ४४ सेकेण्डमा तीन किलोमिटरको दुरी पार गरेका थिए ।

यस्तै द्वितीय सुन्दरहरैचास्थित सिद्धार्थ स्कुलका प्रकृती लिम्बु र तृतीय पथरीको एभरेष्ट स्कुलका समिर राई घोषित भए । 

यस्तै दुई किलोमिटर छात्रतर्फको प्रथम लेटाङको पब्लिक सेन्ट्रलका मनोज राई, द्वितीय ब्राइट फियुचर स्कुलका निशान्त श्रेष्ठ र तृतीय पूर्वाञ्चल एकाडेमिका सुजन तामाङ घोषित भए । 

यसैगरी छात्रातर्फको प्रथम ग्रिनभ्याली स्कुलकी यानी लिम्बु, द्वितीय पूर्वाञ्चल एकाडेमीकी विमला विक र तृतीय सिद्धार्थ स्कुलका सोफिया थापा घोषित भइन् । 

यसैगरी चार सय मिटर छात्रतर्फको प्रथम बेलबारीको माउन्ट एभरेष्ट स्कुलका जमसेत अली, द्वितीय पूर्वाञ्चल एकाडेमीका स्वयल चौधरी र तृतीय जीवन विकास पब्लिक स्कुलका रोहन शर्मा भएका छन् । 

सोही विधाको छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका मनिषा कार्कीृ, द्वितीय जनक मेमोरियलका सन्ध्या खाँ र तृतीय बालप्रतिभा स्कुलका सोनी गुरुङ घोषित भइन् । 

भलिबलको उपाधि चार स्कुललाई 

प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भलिबल प्रतियोगिताको विजेता चार स्कुल भएका छन् । 

आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको कोशी मोडल, सुन्दरहरैचाको ब्राइट फियूचर, बुढीगंगा गाउँपालिका १ मा रहेको मोरङ पब्लिक र रंगेली नगरपालिका १ बवियाबिर्तामा रहेको सनरे स्कुलले भलिबलको उपाधि जितेको हो । 

कक्षा ११ र १२ तर्फको छात्रतर्फको भलिबलको फाइनलमा कोशी मोडलले सिद्धार्थ स्कुललाई २४–२६, २०–२५ र ९–२५ को सोझो सेटले हराउँदै कोशी मोडलले उपाधि जितेको हो । उपविजेता सिद्धार्थ स्कुल भयो । तृतीय पथरीको एभरेष्ट र सान्तवना उर्लाबारीको भृकुटी मोडल भएको छ ।

यसैगरी कक्षा ११ र १२ छात्रातर्फको भलिबलको उपाधि सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले जितेको छ । ब्राइट फियुचरले कोशी मोडललाई २५–२, २५–९ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । तृतीय पथरीको एभरेष्ट स्कुल भएको छ । 

कक्षा १० सम्म भएको छात्र भलिबल प्रतियोगितामा सनरे सेकेण्डरी बोर्डिङ स्कुलले विराटनगरको मोर्डन ऐरा स्कुललाई २५–२३ र २५–१७ को सोझो सेटले हराउँदै सनरेले उपाधि जितेको हो । 

यस्तै सोही विधाको छात्रातर्फको बिजेता मोरङ पब्लिक स्कुल भएको छ । मोरङ पब्लिकले लेटाङको ग्रिनभ्यालीलाई ११–२५, २५–२३, २५–१७, ३–२५ सेटले पराजित गरी मोरङ पब्लिक स्कुलले उपाधि जितेको हो ।

भलिबलमा छात्रातर्फ १८ र छात्रातर्फ ९ वटा स्कुलको सहभागि रहेको थियो । 

फुटबलको उपाधि सिद्धार्थ स्कुललाई 

प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबलको उपाधि सुन्दरहरैचा १० मा रहेको सिद्धार्थ स्कुलले जितेको छ । बेलबारीमा रहेको  शिक्षा सन्देश स्कुललाई ट्राइब्रेकरमा ५– ४ गोलले हराउँदै  सिद्धार्थ स्कुलले फुटबलको उपाधि जितेको हो । 

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि ट्राइब्रेकरबाट खेलको छिनोफानो भएको थियो ।  फुटबलमा तृतीय ब्राइट फियुच स्कुल भएको छ । ब्राइट फियुचरले सुनगाभा स्कुललाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो ।

तीन स्कुल टेबल टेनिसको विजेता 

प्याब्सन स्पोर्टस मिट अन्तर्गत टेबल टेनिसमा तीन स्कुल विजयी भएको छ । टिम इभेन्ट छात्रतर्फको प्रथम विराटनगरको एभरेष्ट स्कुल र द्वितीय सगरमाथा भएको छ । यस्तै सोही विधाको छात्रातर्फको प्रथम सगरमाथा र द्वितीय कोशी मोडल स्कुल भयो । 

यसैगरी टेबल टेनिस छात्र सिंगल तर्फको प्रथम एभरेष्ट स्कुलका एन्जल पन्त, द्वितीय सगरमाथा स्कुलका निकिता तामाङ भइन् । तृतीय सगरमाथाका सुरवी प्रधान र एभरेष्ट स्कुलका सोनाम खातुन भइन् ।