धरान / धरान १४ विजयपुरमा रहेको आइडियल बोर्डिङ स्कुलले नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी)द्वारा आयोजित एनसीसी  तालिममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

 एनसिसीको  जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न भएसँगै तालिममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो ।

गत पुस–४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा तालिम सम्पन्न भएको थियो ।  तालिममा  सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएका थियो भने तालिम अवधिभर  विभिन्न विधामा उत्कृष्ट भएका छात्र–छात्राहरुलाई मेडल र प्रमाण–पत्र प्रदान  गरिएको थियो । 

तालिममा अवसरमा आइडिएलका विद्यार्थीहरुले जुनियर डिभिजन बेष्ट प्लाटुन, कल्चरल शो अन्तर्गत सन्थाल जातिको सतार नृत्यमा उत्कृष्ट भएको थियो भने  छात्र तर्फका फुटबलमा समेत प्रथम स्थान हात पार्न सफल भएको थियो । तालिममा प्रदेश १ मा रहेका विद्यालयबाट ५ सय ३६ विद्यार्थीहरुहरुको सहभागिता रहेको थियो ।

तीमध्ये आईडियल बोर्डिङका पियूष राई उत्कृष्ट क्याडेट घोषित भएका थिए । तालिममा आईडियलका ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

स्कुलका निर्देशक सागर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याएको भन्दै सञ्चारकर्मी भैरव आङ्ला र तीर्थ कार्कीलाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।