मोरङ / प्रदेश १ को बैठक माघको तेस्रो हप्तालाई बोलाइएको छ । प्रदेश १ का सभामुख बाबुराम गौताले प्रदेश १ को बैठक माघ २३ लाई बोलाएका हुन् । 

यो बैठक निर्वाचन सम्पन्न भएपछि पहिलो अधिवेशनको छैटौं बैठक हो । प्रदेशसभाका सचिव गोपाल पुराजुलीका अनुसार आगामी माघ २३ गतेका लागि वैठक बोलाइएको जानकारी दिए । उनले भने–‘उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक छैटाै बैठकको रुपमा बोलाइएको हो ।’

प्रदेश सरकारको पहिलो कार्यकालले टुंगो लगाउन नसकेको प्रदेशको नामकरणकै विषयमा छलफल हुने सचिव पराजुलीले जननकारी दिए । उनका अनुसार योसँगै बैठकमा प्रदेशसभाका विषयगत समितिको टुंगो लगाउने बारे छलफल हुने समेत जानकारी दिए ।