विराटनगर / विराटनगर – ०९ स्थित भानु मेमोरियल अंग्रेजी विद्यालयले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि जोड दिने उद्देश्यले बुधबारबाट सुरु खेलकुद सप्ताह शुक्रबार समपन्न भएको छ । 

खेलकुद प्रतियोगीतामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । शारीरिक तन्दुरुस्ती दिलाई खेल प्रति रुचि जगाउन खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका संयोजक सुनिल शाहीले जानकारी गराए । 

खेल सप्ताहमा लामो छोटो दौड, डोरी तान्ने, ब्याडमिन्टन, टेबल टेनिस, म्युजिकल चेयर, स्लो साइकल रेस, गणित दौड, चम्चा दौड, बोरा दौड, भलिबल लगायतका खेलहरुमा विद्यार्थीहरुले उत्साह जनक रुपमा सहभागिता जनाएका थिए ।

यसरी खेलाएको गणित दौडमा कक्षा १ का छात्रा अस्लेसा भट्टराई प्रथम, सृष्टि यादव दोस्रो, दोस्तीका धमला तेसे यसैगरी छात्रतर्फ बबलु कुमार मेहता प्रथम, संक्षम चौधरी दोस्रो, अभिनव झा तेसो भएका थिए । त्यस्तै गरी बुद्धिचालमा काक्षा ७ का विक्की मेहता प्रथम भए भने टेवल टेनिसमा कक्षा ९ का सुजित कुमार महतो प्रथम भएका थिए ।

यसैगरी ब्याडमिन्टनतर्फ कक्षा ९ कि छात्रा कृति चौधरी प्रथम भइन् भने चम्चा दौडमा कक्षा ९ बाट कल्पना यादव, अनु कामत र तेजस्वी दाहाल क्रमशः प्रथम, दोस्रो, तेस्रो भएको कुरा खेलकुद प्रशिक्षक रकि राजवंशीले बताए । विजय विद्याथीहरुलाई विद्यालयका प्रिन्सिपल राजेश कुमार झा, प्रा.डा. राजु राम थापा, मोहन कुमार श्रेष्ठ लगायतले मेडल, शिल्ड र प्रमाण–पत्र वितरण गरेका थिए ।