धरान / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । 

विगत दुई दशकदेखि सुनसरीमा रहेर पत्रकारिता गरिरहेका नवराज विष्टलाई चौतारीले कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै उदयीमान पत्रकारका रुपमा इटहरीका प्रकाश तिम्सिनालाई पुरस्कृत गरेको छ । साथै कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट रोजी खतिवडालाई पुरस्कृत गरेको पुरस्कार छनोट समितिका संयोजक तथा चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए ।

 यसैबीच गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चौतारीका तर्फबाट उत्कृष्ट रिपोर्टिङ गर्ने सन्चारकर्मीलाई प्रशंसा पत्रद्वार सम्मान गरिएको छ । सम्मानित सन्चारकर्मीहरुमा सुनसरी क्षेत्र न १ बाट वसन्त वान्तवा, २ बाट हिमाल दाहाल, ३ बाट विकल पौडेल र क्षेत्र न  ४ बाट महेश गुरागाई छन् । पुरस्कृत र प्रसंशित सन्चारकर्मीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सम्मान व्यक्त गरे ।