धरान /नागरिक हेल्थ प्रोग्राम र बगरकोट यातायात प्रा.लि को सर्कायमा धरान १५ बगरको  नमुना मार्गमा सोमबार देखि ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नागरकि हेल्थ प्रोग्राम एक सामाजिक संस्था हो । यो सरकारी तबरबाट चलेको संस्था भएकाले बेला बेला यस संस्थाले सहुलियत शुल्कमा स्वास्थ्य जाँच गर्ने गरेको बताएको छ । 

२०७२ साल देखि धरान उपमहानगरपालिका वडा नम्बर ५ मा नागरिक हेल्थ प्रोग्रामको कार्यालय रहेको छ । यस संस्थाले अहिले सम्म ३५ हजारको स्वास्थ्य परीक्षण गरिसकेको संस्थाका प्रतिनिधि खगेन्द्र भण्डारीले बताएका छन् ।

पहिलो दिन  शिविरमा स्वास्थ्य जाँच गर्ने २५ जनाको सहभागिता रहेको थियो । परीक्षण शुल्क ३ सय लाग्ने त्यसमा सुगर, प्रेसर, दिशा,पिसाब र कलेजो, मुटु र मृगौलीको जाँच गरिने बगरकोट यातायात प्रा.लि.का अध्यक्ष उमाकान्त दुलालले बताएका छन् ।