मोरङ / विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन सोमबार साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति भएको छ । राजु 

उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म जाँदा, ओइ नाना, सायद तिम्रो बाटोमा, गाजलु टिका, तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ’ जस्ता गीतहरु पस्केका थिए ।

लामाले विराटनगरकै स्टेजमा सम्भवत् पहिलो पटक प्रस्तुति दिएका हुन् । उनका फ्यानहरुले नै पहिलो पटक राजुलाई स्टेजमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलेको थियो ।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ देखि सुरु गरेको एक्स्पो २८ गतेसम्म अर्थात लगातार १० दिनको निरन्तरता दिइरहेको छ । एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २ सय रुपैयाँ रहेकोमा आइतबारदेखि त्यसलाई १सय रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको आयोजकको दाबी छ ।

९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा माथिका विद्यार्थी र अरु अवलोकनकर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २ सय रुपैयाँ नै रहने छ । टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पो २०७९ जारी छ ।