दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इटहरी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

आयोजक मेमोरी युवा क्लब सोनापुर सुनसरीलाई २–० गोल अन्तरले पछि पार्दै इटहरी फुटबल क्लब सुनसरी दोस्रो सोनापुरको गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको हो । 

330139268_966843614726293_893909794684395102_n

खेलको चार  मिनेटमा इटहरीका खेलाडी समीर राईले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।  दोस्रो हाफकोे छैटौं मिनेटमा इटहरका समीर राईले थप १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराएका छन् । खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी समीर राई घोषित भए । उनलाई दुहबी वडा नम्बर २ का वडाअध्यक्ष अरबिन्द विश्वासले नगद २ हजार ५ सय तथा मेडल प्रदान गरे ।

शनिबारको फाइनल खेल दमक फुटबल एकेडेमी झापा र इटहरी फुटबल क्लब सुनसरीका बिच हुनेछ । उपाधि जित्ने टिमले नगद २ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद १ लाख तथा ट्रफी पाउने छ ।