धरान / धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान ९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन ।

मेहेर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ साल देखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ ।        

 धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुने  प्रतियोगितामा प्रदेश १ बाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रंगशालाको कवर्डहलमा सञ्चालन हुनेछ । 

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि विजेता र हाइस्कोररले ट्रफी र प्रमाणपत्र सहित नगद पुरस्कार र उदयीमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडी प्रकाश पौडेलले प्रायोजना गरेका हुन् ।