विराटनगर / समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । 

विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा  उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको थियो । 

यसैगरि स्कुलले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले सरस्वती पूजाको अवसर पारेर गरेको फन फिस्टामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई  समेत पुरस्कार वितरण गरेको थियो ।

IMG-20230225-WA0032

कार्यक्रमका प्रमुख अतिथि प्रदेश न १ का प्रदेश प्रमुख पर्शुराम खापुङले हरेक स्कूलले सिप र संस्कार सहितको शिक्षा दिन आवश्यक रहेको बताए । साथै राज्यले सक्षम विद्यार्थिहरुलाइ रोजगारि सिर्जना गरि स्वदेशमै आत्मानिर्भर बनाउन लाग्नु पर्र्ने र विद्यार्थीहरूलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु पर्ने बताए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुले एक बर्षभरिमा सिकेका कुराहरुलाइ कार्यक्रममा प्रस्तुत गरेको प्रिन्सिपल त्रिलोचन गौतमले बताए । कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले गायन, नृत्य, कविता , मोडलिङ प्रस्तुत गरि अभिभावक तथा अतिथिहरुलाइ  मनोरञ्जन प्रदान गरेका थिए ।

IMG-20230225-WA0027

स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमको सभापतित्वमा भएको कार्यक्रम भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले सञ्चालन गरेका थिए । त्यसैगरि कार्यक्रममा प्याब्सन मोरङका बरिष्ट उपाध्यक्ष प्रेमलमल सिंह सुवाल, कोषाध्यक्ष विष्णु ढंगोल, विराटनगर प्याब्सनकाकी सल्लाहकार सावित्रा पराजुली, विराटनगर प्याब्सनका उपाध्यक्ष अजुर्न श्रेष्ठ, सचिव अशोक लामा, लिलिपुट स्कुलका प्रिन्सिपल चिरन्जिवी तिम्सिना, हिरा थापा, विद्यार्थीहरुका अभिभावक लगायतको सहभागिता रहेको थियो ।