धरान /  बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी)झापा ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।

२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो । 

पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । 

जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ३५ औँ मिनेटमा कप्तान खमिरको पासलाई सदुपयोग गर्दै उनले दोस्रो गोल सुनिश्चित गरे । 

332719419_918458972915453_8579973929281533036_n

पुलिसका अनुभवी खेलाडीहरु जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी रहेको टिममा नयाँ खेलाडीसँग तादात्म्यता नमिल्दा खेल खस्किन पुगेको थियो । एउटै लयमा अगाडि बढेको पुलिसले थुप्रै आक्रमणलाई गोलको दिशा दिन सकेको थिएन । 

खेलको पाँचौँ मिनेटमा भोला सिलवालले गरेको पहिलो प्रयास असफल हुन पुगेको थियो । त्यस्तै पुलिसका तर्फबाट पहिलो हाफको ११ औँ मिनेटमा भोला सिलवालको पासमा समीर राईले गरेको प्रहार सफल हुन सकेन । खेलको पहिलो हाफकै ३० औँ मिनेटमा सन्देश बिकको पासमा दिलबहादुर तामाङको प्रहारसमेत फितलो प्रमाणित भयो । पहिलो हाफको इन्जुरी टाइममा हेम तामाङलाई फउल गरेपछि पाएको फ्रिकिकको राम्रो अवसर समेत कप्तान भोला सिलवालले विपक्षी गोलरक्षकको हातमा सुम्पिए ।

328928201_562753655618689_9028513566945962015_n

आक्रमक रुपमा उत्रिएको पुलिसलाई स्कोर गर्नबाट केएफटिसीको डिफेन्सलाइन बाधक बन्यो । पहिलो हाफमै २–० को अग्रता लिने उद्देश्य लिए पनि चुक्न पुगेको केफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले बताए । दोस्रो हाफमा खेलमा लय गुमाएको टिमको  स्कोरका कारण मनोबल उच्च हुन सकेको प्रशिक्षक सुब्बाले बताए । ‘पुलिसको काउन्टर अट्याक रोक्न सकेका कारण खेल आफ्नो पक्षमा पार्न सफल भयौं ।’ प्रतिक्रिया दिंदै प्रशिक्षक सुब्बाले भने । 

333858169_2054807471384642_2796241547011049227_n

हिमालयन शेर्पा क्लबको टिमसेट लिएर मैदानमा उत्रिएको केएफटिसी उपाधि विजेताको दाबेदार टिम हो ।  पुलिसका तर्फबाट प्रतिक्रिया दिंदै कप्तान भोला सिलवालले नयाँ खेलाडीलाई लिगको ट्रायलका लागि लिएर आएको बताए । गोल खाएका कारण नयाँ खेलाडीको मनोबल क्षय भएको उनले बताए । तेज तामाङ, सुमन लामालगायतका राम्रा खेलाडीले पुलिस क्लब छाडेर विदेशिए पछि पुलिसलाई आफ्नो पुरानो साख जोगाउने चुनौती थपिएको छ । खेल केही खस्किएको कप्तान सिलवालले स्वीकार गरे । 

334130469_2455225937969996_8982613467583208090_n

नेपाल पुलिस पाँचपटकको बुढासुब्बा गोल्डकप विजेता, तीन पटक उपविजेता हो भने गत बर्षको उपविजेता टिम हो । यस्तै एकफिटिसी २१  औँ संस्करणबाटमात्र बुढासुब्बा गोल्डकपमा भाग लिएको टिम हो । 

म्यान अफ दी म्याच केएफटिसीका निशान लिम्बूलाई धरान १६ का वडाध्यक्ष, आइएमईका प्रतिनिधि कुन्दन श्रेष्ठ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईलगायतले नगद १० हजार रुपैयाँ, मेडल र टिसर्ट प्रदान गरे ।

विजेता केएफटिसीले पहिलो सेमिफाइनल खेल युकेएफसी इन्डियासँग फागुन १७ गते स्पर्धा गर्ने छ । यस्तै मंगलबार एन्फा मोरङ र केबीपीएस बंगलादेशबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

333660755_126687230123513_7063780446792056776_n