धरान / बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहलाई भेट्दा विद्यार्थी उत्साहित भएका थिए । सेफ नेपालको टिम  शनिबार धरानको यु.एन.नवोदय कलेजमा आएको थियो । 

टिममा उनी सहित मास्टर  सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए । साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत विद्यार्थीहरु,  होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे ।

332881553_889988778720450_8896139026883095635_n

त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रिया सुरु भयो ।सेफ नेपाल टिभी मार्फत ‘फुड रियालिटी शो’ गर्नका लागि स्थानिय मौलिक खानाका परिकारको खोजी गर्न आफ्नो टिमसहित  प्रदेश १ भ्रमणको सिलसिलामा यु.एन. कलेज  आएका साहले आफ्नो बिबिसी मास्टर सेफ कम्पिटिसनमा भाग लिँदाको रोचक अनुभव सुनाएका थिए । 

उत्साहित भएपछि विद्यार्थीहरुले साहलाई प्रश्न सोधेका थिए । बि.एच.एम. दोश्रो सेमेस्टरकी छात्रा सोनी गहतराज र हिमानी पोख्रेलले साहलाई यस क्षेत्रमा लाग्नुको कारण बारे सोधेका थिए । उनीहरुको जिज्ञासालाई साहले आफ्नो सङ्घर्षका रोचक प्रश्न सुनाएका थिए ।

332137467_731927121793200_8415202335101117041_n

सिरहाको कर्जन्हामा जन्मेका साहले आफूले एसएलसी. दिनु अघिका संघर्ष, सन् २००० मा एसएलसी दिइसकेपछि आफूले गरेका सङ्घर्ष र एसएलसी सकिएपछि कामको खोजीमा भारत  गएको प्रसङ्ग सुनाउन विद्यार्थीहरु भावुक भएका  थिए । भारतमा गरेको सङ्घर्ष सुनाउनले विद्यार्थीहरुलाई उनले भारतको एउटा फाईभ स्टार होटलमा भाडा माझ्ने काम सुरु गरेको बताएका थिए । मासिक  ९ सय रुपैयाँमा काम गर्नुपर्ने बाध्यता रहेका प्रसङ्ग कोट्याउँदै साहले  त्यसबेला धेरै सङ्घर्ष गर्नुपरेको बताएका थिए ।

331518843_1135864170416290_165954565002824655_n

उनले एसएलसी एकैपटकमा उत्तीर्ण नगरी पहिलो पटक एसएलसी दिँदा  ३ विषयमा अनुत्तीर्ण भएको प्रसङ्ग कोट्याउँदै परीक्षा नदिई कामलाई निरन्तता दिएको, होटलमा काम गर्दा नै मास्टर सेफको विषयमा बुझेका थिए । मास्टर सेफको तलब १६ हजार भएको थाहा भएपछि उनले पनि पढेर मास्टरसेफ बन्ने अठोट गरेको प्रसङ्ग विद्यार्थीहरुलाई सुनाएका थिए ।

331454798_3155326061435239_2474049152347906824_n

उनले अधयन सकिसकेपछि बेलायत गएको, बिबिसी सेफ युकेको रिम्याच विजेता, बिबिसी युके २०२० को उपविजेता हुँदाको प्रसङ्ग विद्यार्थीहरुलाई स विस्तार सुुनाएका थिए ।  अन्तरक्रियापछि किराँती खानाको प्रशंसा गर्र्दै यो खानाको विकास गर्दै लैजानु पर्नेमा साहले जोड दिएका थिए   ।