धरान /  धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले देशको शैक्षिक विकासमा निजी विद्यालयहरूले दिएको योगदानलाई उपेक्षा गर्न नसकिने धारणा राखे । कार्यक्रमको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले निजी विद्यालयहरूलाई कुनै समस्या परे सहयोगका लागि धरान उमनपा सर्धैँ तत्पर रहेको आश्वासन पनि दिए । त्यस क्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई सुनाखरी अब्बल विद्यालयको रूपमा स्थापित भएको बताए ।

333045175_921573815540879_7386387831314774156_n

विद्यालयबाट लगिएको अवलोकन भ्रमणपछि फर्किएर प्रतिवेदन तयार पार्ने कक्षा–११ र १२ का उत्कृष्ट विद्यार्थीहरूलाई सो अवसरमा अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए । अवलोकन भ्रमणमा जानुअघि उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोहीले प्रतिवेदन लेखनबारे प्रशिक्षण दिएका थिए ।

उत्कृष्ट प्रतिवेदनको छनोट पनि विद्रोहीले नै गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूका नाम घोषणा गर्ने क्रममा उनले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानमा पनि जोड दिनु सुनाखरीको सुन्दर पक्ष भएको धारणा राखेका थिए । ‘विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सैद्धान्तिक ज्ञानले मात्र हुँदैन’, उपप्राध्यापक विद्रोहीले थपे, ‘विद्यार्थीलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउन व्यावहारिक ज्ञान पनि आवश्यक पर्छ ।’ 

332967833_725753932534119_3382871351185892397_n

 विद्यालयको प्रतिनिधित्व गर्दै देशका विभिन्न प्रतियोगितामा भाग लिई वर्षभरिमा पुरस्कार जितेका विद्यार्थीहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई सुनाखरीका निर्देशक प्रदीप राई, चन्द्र संस्कृत माविका शिक्षक सूर्य अधिकारी, विद्यालयका सञ्चालक किशोर सम्बाहाम्फेलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मिलनकुमार राईले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै उनीहरूमा भएका अतिरिक्त प्रतिभा प्रस्फुटनका लागि मञ्च प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

332881553_889988778720450_8896139026883095635_n 1

कार्यक्रममा विद्यार्थीहरूले फेसन सोका साथै आकर्षक नृत्य र गीत प्रस्तुत गरेका थिए । शिक्षिका रेस्मा तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको अघिल्लो भागको सञ्चालन शिक्षक प्रवीण खत्रीले गरेका थिए भने पछिल्लो भाग दिप्सा, नाव्या, श्रेयालगायतका विद्यार्थीहरूले सञ्चालन गरेका थिए ।